Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवा बाढीको आज सातौं दिन: खोज, उद्धार तथा राहत वितरण कार्य जारी


१६, भदौ २०८३
  • 101
    SHARES
  • रसुवा बाढीको आज सातौं दिन: खोज, उद्धार तथा राहत वितरण कार्य जारी

    काठमाडाैं। रसुवाको भोटेकोशी नदीमा आएकाे बाढीको सातौं दिन मंगलबार पनि खोज, उद्धार तथा राहत वितरणको कार्य जारी रहेकाे छ।

    रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन । पाँच सय भन्दा बढी सुरुङमा फसेको आशङ्कामा गरिएकाे छ।

    बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजार भन्दा बढीको उद्धार भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३ सय ७९ जनाको उद्धार भएको हो । ३ हजार ९ सय २५ व्यक्ति सम्पर्कविहीन रहेका छन् ।

    सबै भन्दा बढी जलविद्युत आयोजनाबाट ६ सय ३९ जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको हाे। अहिलेसम्म ९ सय ३९ जनाको शव भेटिएको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २ सय १६, नवलपरासी पश्चिममा १ सय ६८, तनहुँमा ३८ र चितवनमा २ सय ७९ जनाको शव फेला परेको प्राधिकरणले जनाएको हाे।

    खोज तथा उद्धारमा २ हजार १ हजार भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । सरकारले खोज, उद्धार तथा राहत वितरणको काम भइरहेकाे बताए पनि प्रभावकारी हुन नसकेको भन्दै पीडितले गुनासो गरेका हुन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend