Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

रसुवामा बाढीको वास्तविक समय अनुगमन तथा निगरानीका लागि सीसीटीभी जडान


१६, भदौ २०८३
  • 164
    SHARES
  • रसुवामा बाढीको वास्तविक समय अनुगमन तथा निगरानीका लागि सीसीटीभी जडान

    काठमाडौं । रसुवाको टिमुरेमा बाढीकाे वास्तविक समय अवलोकन तथा निगरानी गर्नका लागि साेमबार सीसीटीभी क्यामेरा जडान गरिएको छ।

    नदीको अवस्था निरन्तर निगरानी, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सम्भावित जोखिम न्यूनीकरणका लागि टिमुरेमा सीसीटीभी जडान गरिएको हो।

    ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आइतबार पूर्वसूचना तथा निगरानी प्रणालीलाई थप सुदृढ गर्न निर्देशन दिनुभएकाे थियाे । त्यसपछि सोमबार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा वास्तविक समय बाढी निगरानीका लागि सीसीटीभी क्यामेरा जडान गरेको हो।

    हाल उक्त प्रणाली सञ्चालनमा ल्याउन भीएसएटी जडान तथा सञ्चार प्रणाली व्यवस्थापनको कार्य भइरहेको छ। सोमबार रातिदेखि नै प्रणाली सञ्चालनमा आएकाे हाे। जसबाट प्राप्त सूचना तथा दृश्यलाई २४ घण्टे बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाको नियमित प्रणालीमा एकीकृत गरी चौबिसै घण्टा निगरानी गरिने भएकाे हाे।

    विशेषगरी सीमावर्ती क्षेत्रमा नदीको अवस्था, बाढीको सम्भावित जोखिम तथा बाढीजन्य घटनाको प्रारम्भिक पहिचानमा यस प्रणालीले सहयोग पुर्‍याउने भएकाे भएकाे छ। जसबाट समयमै सूचना प्रवाह, पूर्वसूचना तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको हाे।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend