Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढीका शव काठमाडौंमै व्यवस्थापन गरिँदै, करिब १०० शव आइपुगे


१६, भदौ २०८३
  • 250
    SHARES
  • भोटेकोशी बाढीका शव काठमाडौंमै व्यवस्थापन गरिँदै, करिब १०० शव आइपुगे

    काठमाडौं। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका शवमध्ये केहीको व्यवस्थापन काठमाडौंमै गरिने भएको छ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौंमा प्राप्त हुने शव व्यवस्थापनका लागि सरकारी वन क्षेत्र पहिचान गरी तयारी अघि बढाइएको छ। बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या बढ्दै गएपछि राजधानीमा समेत व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो।

    यसअघि पहिचान खुल्न नसकेका केही शव चितवनको जंगल क्षेत्रमा व्यवस्थापन गरिएको थियो। देशभरका अस्पताल तथा शवगृहमा सीमित क्षमताका कारण ठूलो संख्यामा शव राख्न कठिनाइ भएपछि सरकारले स्वास्थ्य तथा सरसफाइसम्बन्धी जोखिमलाई ध्यानमा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाएको जनाएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा गरी करिब ६०० शव व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ। तर भोटेकोशी बाढीपछि ठूलो संख्यामा शव फेला परेपछि अस्पतालमा शव राख्ने ठाउँको अभाव देखिएको हो।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म ९८७ वटा शव प्राप्त भइसकेका छन्। तीमध्ये करिब १०० वटा शव काठमाडौं ल्याइसकिएको बताइएको छ।

    सरकारले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन गर्दा ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ अनुसार प्रक्रिया पूरा गर्ने जनाएको छ। निर्देशिकाअनुसार शवको मुचुल्का तयार गर्ने, प्रारम्भिक पहिचान गर्ने, आवश्यक परे थप विधि प्रयोग गरी पहिचान गर्ने, सनाखत तथा अभिलेखीकरण गर्ने र शवको पहिचानका लागि संकेत चिह्न राख्नुपर्ने व्यवस्था छ।

    भोटेकोशी बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण संकलनसँगै पहिचान नखुलेका शवको उचित व्यवस्थापन सरकारका लागि थप चुनौती बनेको छ। परिवारजनले आफ्ना आफन्तको शव पहिचान गरी अन्तिम संस्कार गर्न पाउने वातावरण सुनिश्चित गर्नुका साथै शव व्यवस्थापनमा स्वास्थ्य, मानवीय संवेदना र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने देखिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend