Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘पीडित एक पोका चाउचाउ खोजिरहेका छन्, हामी मन्त्री खोजिरहेका छौँ’-सांसद मञ्जु भुसालको प्रश्न


१९, भदौ २०८३
  • 1,046
    SHARES
  • ‘पीडित एक पोका चाउचाउ खोजिरहेका छन्, हामी मन्त्री खोजिरहेका छौँ’-सांसद मञ्जु भुसालको प्रश्न

    काठमाडौं । भोटेकोसी-त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीपछि पीडित नागरिक राहतको पर्खाइमा रहेका बेला संसद् र सांसदहरूको भूमिका प्रभावकारी हुन नसकेको भन्दै सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद मञ्जु भुसालले आफ्नै सांसदहरूमाथि कडा प्रश्न उठाएकी छन्।

    बिहीबार बसेको पूर्वाधार समितिको बैठकमा बोल्दै भुसालले विपद्को समयमा समेत सांसदहरू एकजुट भएर पीडितका पक्षमा उभिन नसकेको भन्दै संसद्को भूमिकामाथि नै प्रश्न उठाइन्। उनले बैठकमा मन्त्रीको उपस्थितिलाई मात्र मुद्दा बनाउनेभन्दा सांसदहरूले स्वयंले संकटको समयमा के गरे भन्ने आत्मसमीक्षा गर्नुपर्ने बताइन्।

    भुसालले पूर्वाधारमन्त्री सुनील लम्सालको बचाउ गर्दै मन्त्री फिल्डमै खटिएर काम गरिरहेको दाबी गरिन्। विपक्षी सांसदहरूले भौतिक पूर्वाधारमन्त्री समिति बैठकमा उपस्थित नभएको विषय उठाएपछि उनले सांसदहरूले मन्त्री खोज्नुभन्दा बाढीपीडितको अवस्था र राहत व्यवस्थापनमा आफ्नो भूमिका खोज्नुपर्ने धारणा राखिन्।

    उनले भनिन्, ‘नौ दिन भयो । पीडित एक पोका चाउचाउ कस्तो होला भनेर खोजिरहेका छन् । हामी मन्त्री खोजिरहेका छौँ । मन्त्री फिल्डमा खटिइरहनुभएको छ, कार्ययोजना बनाइरहनुभएको छ । हामीले के बनाएका छौँ ?’

    भुसाल यतिमै रोकिइनन्। उनले संसद् बैठकमा उपस्थित हुने, हाजिर गर्ने र भत्ता बुझ्ने मात्र सांसदको जिम्मेवारी हो कि भन्दै तीखो प्रश्न गरिन्। ‘हामी आउने, हाजिर लगाउने, भत्ता पचाउने-यति मात्रै हो त संसद्को भूमिका ?’ उनले प्रश्न गरिन्।

    विपद्को समयमा समेत पूर्वाधार समितिको बैठकमा सांसदहरूको उपस्थिति कमजोर भएको विषयलाई उनले गम्भीर विडम्बना बताइन्। भुसालका अनुसार समितिको यो १२औँ बैठक हो तर तीनवटा बैठकमा सभापतिले फोन गरेर कोरम पुर्‍याउनुपर्ने अवस्था आएको छ।

    ‘आज १२औँ बैठक हो । अहिलेसम्म तीनवटा बैठकमा सभापतिजीले कल गरेर कोरम पुर्‍याइरहनुभएको छ । योभन्दा विडम्बना अरू के हुन सक्छ ?’ उनले भनिन्।

    देश विपद्मा परेका बेला राजनीतिक विभाजनभन्दा माथि उठेर सबै सांसद एउटै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।
    ‘देश रोइरहेको बेलामा त हामी एक ठाउँमा हुन सकेनौँ भने अरू बेलामा हामी एक ठाउँमा हुन सक्छौँ ?’ भुसालले प्रश्न गरिन्।

    भोटेकोसी-त्रिशूली बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको र प्रभावित नागरिक अझै राहत, पुनःस्थापना तथा सुरक्षित बासको प्रतीक्षामा रहेका बेला संसद् र राज्यका संयन्त्रको सक्रियतामाथि प्रश्न उठिरहेका छन्।

    यस्तो अवस्थामा समितिको बैठकमा मन्त्री उपस्थित भए/नभएको विषयसँगै विपद्को समयमा सांसद स्वयंले कति प्रभावकारी भूमिका निर्वाह गरे भन्ने प्रश्न पनि बहसको केन्द्रमा आउनुपर्ने भुसालको अभिव्यक्तिको मूल आशय देखिन्छ।

    उनको अभिव्यक्तिले सत्तापक्ष-प्रतिपक्षको आरोप-प्रत्यारोपभन्दा माथि उठेर विपद्को समयमा जनप्रतिनिधिको वास्तविक जिम्मेवारीबारे संसद्भित्रै बहस आवश्यक रहेको सन्देश दिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend