Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा युवा उद्यमशीलताको नयाँ सुरुवात: होन्डा शोरुमसँगै कङ्क्रिट ब्लक उद्योग सञ्चालन


१९, भदौ २०८३
  • 319
    SHARES
  • कपिलवस्तुमा युवा उद्यमशीलताको नयाँ सुरुवात: होन्डा शोरुमसँगै कङ्क्रिट ब्लक उद्योग सञ्चालन

    कपिलवस्तु । कपिलवस्तुमा चार युवा उद्यमीको संयुक्त लगानीमा होन्डा मोटरसाइकलको आधिकारिक शोरुम र कङ्क्रिट ब्लक उद्योग सञ्चालनमा आएका छन्। स्थानीय लगानीमार्फत व्यवसाय र उत्पादनमूलक उद्योग विस्तार भएसँगै जिल्लामा युवा उद्यमशीलता र रोजगारीका नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

    कपिलवस्तु नगरपालिका–१ नयाटोलमा नेपाल श्री ट्रेडर्सको आधिकारिक होन्डा शोरुम तथा वडा नं. ६ गौबरीमा कपिलवस्तु कङ्क्रिट ब्लक उद्योग सञ्चालनमा आएको हो। दुवै संस्थाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिरले गरेका हुन्।

    उद्घाटन कार्यक्रममा मन्त्री अहिरले स्थानीय युवाको लगानीमा उद्योग तथा व्यवसाय सञ्चालन हुनु जिल्लाको आर्थिक विकासका लागि सकारात्मक संकेत भएको बताए। यस्ता उद्यमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि र व्यवसायिक अवसर विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

    नेपाल श्री ट्रेडर्समा अनुपकुमार पाण्डे, देवेश जैसवाल, रत्नाकर शुक्ला र इश्तेखार अहमद खान गरी चार युवा व्यवसायी साझेदार छन्। शोरुमबाट होन्डाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर बिक्रीका साथै स्पेयर पार्ट्स र सर्भिसिङ सुविधा समेत उपलब्ध हुने सञ्चालकले बताएका छन्। यसले जिल्लाका ग्राहकलाई सवारीसाधन खरिददेखि मर्मतसम्भारसम्मको सेवा स्थानीयस्तरमै उपलब्ध गराउने अपेक्षा गरिएको छ।

    त्यस्तै, गौबरीमा सञ्चालनमा आएको कपिलवस्तु कङ्क्रिट ब्लक उद्योगले निर्माण क्षेत्रमा आवश्यक विभिन्न सामग्री उत्पादन गर्ने जनाएको छ। उद्योगबाट इन्टरलक इँटा, मिलेट इँटा, जिगज्याग इँटा, युनिटी पेभर इँटालगायतका कङ्क्रिटजन्य निर्माण सामग्री उत्पादन हुने बताइएको छ।

    यसै अवसरमा मन्त्री अहिरले तौलिहवास्थित यातायात कार्यालयको निरीक्षणसमेत गरेका थिए। निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिले कपिलवस्तुमै ट्रायलसहितको सवारी चालक अनुमतिपत्र सेवा र नयाँ लाइसेन्स वितरण प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका थिए।

    मन्त्री अहिरले जिल्लामै ट्रायल परीक्षा सञ्चालन तथा नयाँ सवारी चालक अनुमतिपत्र वितरणसम्बन्धी सेवा उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

    होन्डाका लुम्बिनी रिजनल म्यानेजर राजाराम खन्नासहित स्थानीय व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा भएको कार्यक्रममा कपिलवस्तुमा स्थानीय लगानी, युवा उद्यमशीलता र उत्पादनमूलक व्यवसाय विस्तारको सम्भावना बढ्दै गएको सन्देश देखिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend