Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जसपाको कारबाही : लुम्बिनीका चार सांसदसहित दर्जनौँ जनप्रतिनिधि र नेता निष्कासित


१९, भदौ २०८३
  • 181
    SHARES
  • जसपाको कारबाही : लुम्बिनीका चार सांसदसहित दर्जनौँ जनप्रतिनिधि र नेता निष्कासित

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले पार्टीको नीति, निर्णय र विधानविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चार सांसदसहित स्थानीय तहका जनप्रतिनिधि, जिल्ला तहका नेता तथा कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ।

    ललितपुरको बालकुमारीमा भदौ १६, १७ र १८ गते बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उनीहरूमाथि कारबाही गर्ने निर्णय गरेको हो।

    बैठकपछि जारी विज्ञप्तिअनुसार पार्टी निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्ने तथा सरकारमा सहभागी हुने चार प्रदेश सभा सदस्यलाई निष्कासन गरिएको छ।

    निष्कासनमा पर्ने सांसदहरूमा सन्तोष कुमार पाण्डेय, हेमा बेल्वासे, भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहेका छन् । जसपाले उनीहरूले पार्टीको आधिकारिक निर्णयको अवज्ञा गर्दै प्रदेश सरकारको पक्षमा मतदान गरेको र त्यसपछि सरकारमा समेत सहभागी भएको जनाएको छ।

    स्थानीय तहका जनप्रतिनिधिमाथि पनि कारबाही

    जसपाको कारबाही प्रदेश सांसदमा मात्रै सीमित रहेन। पार्टी निर्णय तथा विधानविपरीत गतिविधि गरेको आरोपमा स्थानीय तहका जनप्रतिनिधि तथा नेतामाथि पनि कारबाही गरिएको छ।

    निष्कासनमा पर्नेमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो तथा विभिन्न वडाका अध्यक्षहरू रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन्।

    त्यसैगरी प्रदेश सभा सदस्य निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ र केपीलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष तथा वडा सदस्य पनि कारबाहीमा परेको पार्टीले जनाएको छ। पार्टीका अनुसार उनीहरूले जसपाको नीति, सिद्धान्त तथा विधानविपरीत कार्य गरेका कारण कारबाही गरिएको हो।

    बाढीपीडितका लागि २१ लाख

    यसैबीच जसपाको केन्द्रीय कार्यकारिणी समितिले रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ।

    एकातिर पार्टी निर्णय उल्लङ्घन गर्ने आफ्नै नेता तथा जनप्रतिनिधिमाथि कठोर कारबाही गरेको जसपाले अर्कोतर्फ विपद्बाट प्रभावित नागरिकका लागि राहत सहयोग गर्ने निर्णय गरेको हो।

    पार्टीको पछिल्लो निर्णयले सरकारमा सहभागिता र प्रदेशस्तरीय राजनीतिक समीकरणमा पार्टीको आधिकारिक लाइन उल्लङ्घन गर्ने नेतामाथि नेतृत्वले थप कडाइ गर्ने संकेत दिएको छ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend