Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महाधिवेशन रोकिएन कांग्रेस विभाजनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक


२२, भदौ २०८३
  • 66
    SHARES
  • महाधिवेशन रोकिएन कांग्रेस विभाजनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक

    ‘गगन थापालाई सभापति मान्न तयार छौँ, विवाद समाधानका लागि महाधिवेशन प्रक्रिया रोकौँ’

    कञ्चनपुर।  नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीभित्रको विवाद समाधान नगरी महाधिवेशनको प्रक्रिया अघि बढाइए कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका छन्। कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टीको एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढिरहेको बताएका हुन्।

    लेखकका अनुसार विशेष महाधिवेशनमार्फत १४औँ महाधिवेशनबाट बनेको कार्यसमिति हटाइएपछि अहिलेको विवाद उत्पन्न भएको हो। त्यसैले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका दुवै संरचनालाई समेटेर विवादको समाधान खोज्नुपर्ने उनको भनाइ छ।

    ‘हामीले गगन जीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौँ, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने। उनले सभापति गगन थापालाई हटाउने आफूहरूको माग नरहेको स्पष्ट पार्दै १४औँ महाधिवेशनको कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनमा नसमेटिएका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने प्रस्ताव आफूहरूले अघि सारेको बताए।

    सभापति थापा अल्पमतमा पर्ने अवस्था आउने भए आफ्नो पक्षबाट आवश्यक सदस्य थपेर बहुमत कायम गर्न सक्ने विकल्पसमेत आफूहरूले दिएको लेखकको दाबी छ।

    त्यस्तै, निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले संयोजक तोक्ने र आफ्नो बहुमत राख्ने अधिकार कायम राख्दै अन्य समूहबाट समेत एक–एक जना प्रतिनिधि राख्नुपर्ने प्रस्ताव गरिएको उनले बताए।

    ‘अहिले पनि पार्टी जोगाउने उपाय छ’

    पार्टी एकताका लागि करिब ११ महिनादेखि निरन्तर प्रयास भइरहेको उल्लेख गर्दै लेखकले अझै पनि विवाद समाधानको सम्भावना जीवित रहेको बताए। ‘अहिले पनि उपाय छ । आफ्नो-आफ्नो ठाउँबाट महाधिवेशन रोकौँ । यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ,’ उनले चेतावनी दिए।

    लेखकले अदालतको फैसला कुरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए। पार्टीको आधिकारिकतासम्बन्धी मुख्य मुद्दा अझै विचाराधीन रहेको उल्लेख गर्दै उनले अदालतको कुनै एउटा फैसला आफ्नो पक्षमा आएको आधारमा त्यसलाई सम्पूर्ण विवादको अन्तिम समाधानका रूपमा बुझ्न नहुने बताए।

    उनले कांग्रेसलाई विभाजनबाट जोगाउने अन्तिम उपायका रूपमा महाधिवेशन प्रक्रिया तत्काल रोक्न आग्रह गरे। लेखकको चेतावनी स्पष्ट छ-विवाद समाधान नगरी महाधिवेशन अघि बढाइए त्यसबाट उत्पन्न हुने विभाजनको जिम्मेवारी महाधिवेशन प्रक्रिया अघि बढाउने पक्षले लिनुपर्नेछ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend