Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग : उद्धारमा ढिलाइप्रति सरकारको ध्यानाकर्षण


२२, भदौ २०८३
  • 137
    SHARES
  • बाढीपीडितका लागि कांग्रेसको एक करोड सहयोग : उद्धारमा ढिलाइप्रति सरकारको ध्यानाकर्षण

    काठमाडौं । रसुवा, नुवाकोटलगायतका जिल्लामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ। कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरेको हो। 

    कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेको थियो। चेक हस्तान्तरण कार्यक्रममा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे,प्रमुख सचेतक बास्ना थापा, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य,नेपाली काङ्ग्रेस कार्यबाहक मुख्य सचिब कृष्ण प्रसाद दुलाल लगायत सहभागी थिए।

    केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित भएका छन् भने सडक, पुल, घर तथा अन्य भौतिक पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

    रकम हस्तान्तरण गर्दै महामन्त्री पौडेलले विपद्को कठिन घडीमा पीडित नागरिकलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुग्ने उद्देश्यले कांग्रेसले सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको बताए। उनले संकटको समयमा नेपाली कांग्रेस सम्पूर्ण बाढीपहिरो प्रभावित नागरिकको साथमा रहेको स्पष्ट पारे।

    ‘उद्धारमा भएको ढिलाइ तत्काल सच्याउनुपर्छ’

    महामन्त्री पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र परेका नागरिकको उद्धारमा भएको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले भने, “सुरुङमा फसेका र अलपत्र परेका नागरिकको उद्धार कार्यमा जुन ढिलासुस्ती देखिएको छ, यसलाई तत्काल सच्याएर उद्धारलाई तीव्रता दिन म सरकारसँग आग्रह गर्दछु।”

    महामन्त्री पौडेलले त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरे।

    राहत वितरणमा पारदर्शिता कायम गर्न, बेपत्ताको खोजीलाई तीव्रता दिन तथा समग्र विपद् व्यवस्थापन प्रणालीलाई थप चुस्त र प्रभावकारी बनाउनसमेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

    WhatsApp Image 2026-09-07 at 4.13.54 PM.jpeg

    दीर्घकालीन पुनर्स्थापनामा पनि साथ दिने प्रतिबद्धता

    कांग्रेसले विपद् व्यवस्थापन, बेपत्ताहरूको खोजी तथा विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले आवश्यक ठानेका हरेक सहयोगमा पार्टी तयार रहेको जनाएको छ।
    पार्टीले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सहयोगका लागि आफ्ना विभिन्न संरचना परिचालन गर्दै आएको छ।

    सभापति गगन थापाको नेतृत्वमा सरकारलाई सुझाव दिने, दबाब सिर्जना गर्ने र आवश्यक विषयमा ध्यानाकर्षण गराउने कामसमेत हुँदै आएको कांग्रेसले जनाएको छ। सभापति थापा स्वयं दुईपटक बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितको अवस्था र उद्धार तथा राहतको स्थितिबारे जानकारी लिइसकेका छन्।

    एक करोड रुपैयाँको सहयोगसँगै कांग्रेसले विपद्पछिको पुनर्स्थापनामा सरकारसँग सहकार्य र आवश्यक ठाउँमा खबरदारी दुवैलाई निरन्तरता दिने संकेत गरेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend