Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय सदस्य बाला अधिकारी विद्यावारिधिका लागि सिफारिस


२३, भदौ २०८३
  • 139
    SHARES
  • कांग्रेस केन्द्रीय सदस्य बाला अधिकारी विद्यावारिधिका लागि सिफारिस

    ‘नेपाली महिलाको सशक्तीकरणमा आमसञ्चार माध्यमको योगदान’ मा शोध : वर्षौँको मेहनत र धैर्यपछि प्राज्ञिक सफलताको नयाँ उचाइ

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घकी पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारी आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि (पीएचडी) उपाधिका लागि सिफारिस भएकी छन्। नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रबाट आवश्यक सबै प्राज्ञिक प्रक्रिया पूरा गरेपछि अधिकारी विद्यावारिधि उपाधिका लागि सिफारिस भएकी हुन्।
    अन्तिम भाइभा परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेसँगै विश्वविद्यालयले उनको शोधकार्यलाई विद्यावारिधि उपाधिका लागि औपचारिक रूपमा सिफारिस गरेको हो। 

    लामो समयदेखि पत्रकारिता, सञ्चार र राजनीतिमा सक्रिय अधिकारीका लागि यो उपलब्धि व्यक्तिगत शैक्षिक सफलता मात्र नभई महिलाको सशक्तीकरण र सञ्चार अनुसन्धानको क्षेत्रमा पनि अर्थपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अधिकारीले ‘नेपाली महिलाको सशक्तीकरणमा आमसञ्चार माध्यमको योगदान’ शीर्षकमा केन्द्रित रहेर आफ्नो शोध पूरा गरेकी हुन्। 

    नेपाली समाजमा महिलाको आवाज, सहभागिता, नेतृत्व र सशक्तीकरणमा आमसञ्चार माध्यमले खेलेको भूमिका तथा त्यसका सम्भावना र चुनौतीलाई उनले आफ्नो अनुसन्धानको केन्द्रमा राखेकी छन्।

    सञ्चार क्षेत्रमा लामो अनुभव र राजनीतिक सक्रियतासँगै शैक्षिक यात्रालाई पनि निरन्तरता दिँदै आएकी अधिकारीले यसअघि त्रिभुवन विश्वविद्यालयबाट मानविकी सङ्कायमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थिइन्। 

    व्यावसायिक जीवनसँगै उच्च शिक्षाको यात्रालाई निरन्तर अघि बढाउनु उनको निरन्तर सिकाइ र आत्मविकासप्रतिको प्रतिबद्धताको उदाहरणसमेत बनेको छ।

    उनको शोधयात्रामा डा. श्रीराम खनाल शोध निर्देशक रहेका थिए भने प्राध्यापक पुरुषोत्तम दाहाल र डा. मधुसूदन न्यौपाने विज्ञ समूहमा रहेका थिए। विज्ञहरूको मार्गदर्शन र आफ्नै निरन्तर मेहनतका बीच अधिकारीले लामो अनुसन्धान यात्रा पूरा गरेकी हुन्।

    विद्यावारिधिका लागि सिफारिस भएपछि अधिकारीले यो सफलता एकैदिनमा प्राप्त नभएको बताएकी छन्। वर्षौँको अथक परिश्रम, निरन्तरता, अनगिन्ती चुनौती र धैर्यताको लामो यात्रापछि आफू यस स्थानमा आइपुगेको उनको भनाइ छ।

    ‘लक्ष्यप्रतिको अडिग विश्वासले नै मलाई निरन्तर अघि बढ्ने ऊर्जा दियो,’ अधिकारीले भनेकी छन्। कठिन परिस्थितिहरूले आफूलाई रोक्नेभन्दा पनि हरेकपटक केही नयाँ सिकाउँदै अझ बलियो बनाएको र आफ्नो गन्तव्यप्रतिको प्रतिबद्धता थप दृढ बनाएको उनले स्मरण गरेकी छन्।

    आफ्नो यो उपलब्धिलाई व्यक्तिगत प्रयासको मात्र परिणामका रूपमा नलिँदै अधिकारीले शोधयात्राका क्रममा मार्गदर्शन, प्रेरणा, हौसला, विश्वास र आत्मीय साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन्। विशेषगरी नगेन्द्रराज रेग्मीलगायत आफ्नो यात्रामा साथ दिने सम्पूर्ण सहयोगीप्रति उनले धन्यवाद दिएकी छन्।

    अधिकारीको यो सफलता ‘सिकाइको कुनै उमेर हुँदैन र लक्ष्यप्रतिको प्रतिबद्धताले कठिन बाटोलाई पनि गन्तव्यमा बदल्न सक्छ’ भन्ने प्रेरणाको उदाहरण बनेको छ। सञ्चार र राजनीतिमा सक्रिय रहँदै उच्च शिक्षाको यात्रालाई पनि निरन्तरता दिएर विद्यावारिधिको चरणसम्म पुग्नुले सार्वजनिक जीवनमा सक्रिय महिलाका लागि अध्ययन, अनुसन्धान र आत्मविकासको महत्वलाई थप उजागर गरेको छ।

    महिलाको सशक्तीकरणलाई नै आफ्नो शोधको विषय बनाएकी अधिकारीको विद्यावारिधिको यात्रा आफैँमा पनि एउटा सन्देश बोकेको छ-आफ्नो लक्ष्यमा विश्वास, निरन्तर मेहनत र चुनौतीसँग जुध्ने साहस भए उपलब्धिको उचाइ हासिल गर्न उमेर, व्यस्तता वा परिस्थितिले छेक्दैन।

    Screenshot 2026-09-08 104203.png

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend