Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशीको घाउ बोकेर बालेन न्युयोर्क जाँदै, राष्ट्रसंघको महासभामा नेपालको आवाज


२३, भदौ २०८३
  • 88
    SHARES
  • भोटेकोशीको घाउ बोकेर बालेन न्युयोर्क जाँदै, राष्ट्रसंघको महासभामा नेपालको आवाज

    प्रधानमन्त्री शाहले विश्वमञ्चबाट उठाउनेछन् नेपालको विपद्, पुनर्निर्माण र अन्तर्राष्ट्रिय सहयोगको एजेन्डा

    काठमाडौं । नेपालमा आएको भोटेकोशी बाढीले पुर्‍याएको ठूलो क्षतिको पीडा अब अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्ने भएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल न्युयोर्क जाने भएको छ।

    यसअघि महासभामा परराष्ट्रमन्त्री शिशिर खनालले मात्रै नेपालको प्रतिनिधित्व गर्ने तयारी थियो। तर भोटेकोशीलगायत क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको पछिल्लो अवस्थाबारे विश्व समुदायलाई जानकारी गराउने निर्णय भएको हो।

    प्रधानमन्त्री शाहले विपद्बाट भएको क्षति, प्रभावित नागरिकको अवस्था, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयलाई विश्वमञ्चमा उठाउने तयारी छ।

    १५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, परराष्ट्र सचिव अमृतबहादुर राईसहित परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षा निकायका अधिकारीहरू रहनेछन्।

    पहिले मन्त्री, अन्तिममा प्रधानमन्त्री महासभाका विभिन्न साइडलाइन बैठक तथा कूटनीतिक भेटवार्तामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली सेप्टेम्बर २० मा न्युयोर्क प्रस्थान गर्नेछ।

    प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा न्युयोर्क पुग्नेछन्। त्यसको भोलिपल्ट, सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
    महासभामा दिउँसो ३ बजेदेखि राति ९ बजेसम्मको समयावधिमा हुने सम्बोधनमा प्रधानमन्त्री शाहको पालो १७औँ नम्बरमा रहेको छ।

    तीन दिनको अमेरिका बसाइ प्रधानमन्त्री शाह सेप्टेम्बर २३ मा न्युयोर्क पुगेर महासभामा सहभागी हुनेछन् भने सेप्टेम्बर २५ मा स्वदेश फर्कने कार्यतालिका छ।

    छोटो समयको भ्रमण भए पनि यसपटक नेपालको प्रतिनिधित्व विशेष चासोको विषय बनेको छ। देशभित्रको विपद्को पीडा लिएर प्रधानमन्त्री विश्वका राष्ट्र तथा सरकार प्रमुखहरूको साझा मञ्चमा पुग्न लागेकाले महासभामा नेपालको प्रस्तुति र उठाइने मुद्दालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    नेपालका लागि यो भ्रमण केवल महासभामा सहभागिता जनाउने औपचारिक कार्यक्रम नभई विपद्पछिको पुनर्निर्माण, अन्तर्राष्ट्रिय सहकार्य र नेपालको प्राथमिकता विश्व समुदायसमक्ष राख्ने अवसर बन्ने अपेक्षा गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend