Logo

Nov 15 2026 | २०८३, कात्तिक ३०गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’


२३, भदौ २०८३
  • 84
    SHARES
  • पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी : ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

    काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाउनुभएको छ ।

    जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिनुभयो ।

    जेन–जी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उहाँले इतिहासको अवव्याख्या गर्ने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिनुभयो । जेनजी आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उहाँको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताउनुभयो ।

    उहाँले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई अझै पनि विभिन्न तरिकाले व्याख्या गरेका देख्दाखेरि अचम्मै लाग्छ । र म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो दिन इतिहास हो । र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् । त्यो इतिहास नै थियो भन्नलाई पनि साबित गर्नलाई ३ करोड नेपाली जनताले हामीलाई जिताएर पठाएको हो । तपाईँले यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईँले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ, यो पनि स्मरण रहोस् । त्यही भएर सुध्रिनुस् भन्न चाहन्छु । सुध्रिनुस्, अझै पनि समय छ, सुध्रिनुस् । त्यही पुराना ट्रेन्डिसनले, त्यही पुराना सोचले नयाँ नेपाल तपाईँले बनाउन सक्दैन, हामीले बारम्बार भन्दै आएको कुरा नै हो ।’

    उहाँले जेन–जी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको लोभमा नभएको दाबी गर्नुभयो । भदौ २३ गतेको आन्दोलनमा युवाहरू सुशासनको पक्षमा उभिन सडकमा आएको उहाँले बताउनु भयो । शान्तिपूर्ण आन्दोलनमाथि दमन गरिएको कारण भदौ २४ गतेको घटना भएको दाबी गर्नुभयो । तर हाल भदौ २४ गतेलाई मात्रै केन्द्रमा राखेर प्रचार भईरहेको उहाँको भनाई छ ।

    उहाँले भन्नुभयो, ‘भदौ २३ मा पनि हामी तपाईँको सत्ताको पछाडि थिएनौँ । न त हामीलाई सत्ताको लोभ नै छ, न त शक्तिको घमण्ड नै छ । अहिले पनि छैन, त्यतिखेर पनि हामीलाई केही लोभ पनि थिएन, आशा पनि थिएन । सुशासनको पक्षमा हामी उभिनका लागि मात्र युवाहरू एकै ठाउँमा हामी जम्मा भएका थियौँ । तर जसरी हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गरियो, हामीसँग सँगै आन्दोलन गरेका भाइ–बहिनीहरूलाई जसरी गोली हानियो, अझै पनि लाजै नमानी २४ गते जल्यो भन्दै ट्रेनिङ दिइराखेको देखिन्छ, देश जलेको दिन । २३ गते देश मरेको दिन थियो, मान्छे मरे भने त यो देश पनि कहाँ रहन्छ ?’

    उहाँले मान्छे रहे मात्रै देश रहने बताउनुभयो । जेनजी आन्दोलनलाई नकरात्मक बनाउन देश जलाएको भाष्य जर्वजस्ती सिर्जना गर्न खोजेको उहाँको आरोप छ ।

  • अन्तर्राष्ट्रिय मञ्चमा गगनको नयाँ रणनीति : सुजाताको ठाउँमा विनोद चौधरी, कांग्रेसभित्र शक्ति सन्तुलनको बहस चर्कियो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको अन्तर्राष्ट्रिय प्रतिनिधित्वमा महत्वपूर्ण फेरबदल गर्दै एसियाली राजनीतिक

  • राजनीतिमा विद्वान गुरुङको नयाँ सन्देश : ‘पद होइन, जनताको घरदैलोमा पुगेर विश्वास जित्ने अभियान चलाउँछौँ’

    पर्वत । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एवं नेपाल तरुण दलका निवर्तमान केन्द्रीय अध्यक्ष विद्वान

  • गगन नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले औपचारिक वैधानिकता अद्यावधिक गर्ने प्रक्रिया

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend