Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि


२३, भदौ २०८३
  • 62
    SHARES
  • कांग्रेसको जिल्ला र प्रदेश अधिवेशन केन्द्रीय महाधिवेशनपछि

    काठमाडौं । नेपाली कांग्रेसले जिल्ला र प्रदेशको अधिवेशन केन्द्रीय महाधिवेशन सकिएपछि गर्ने भएको छ ।

    निर्वाचन समितिको मंगलबार बसेको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति नतोकेरै तल्लो तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । महामन्त्री गुरुराज घिमिरेले केन्द्रीय महाधिवेशन सार्ने सुविधा पार्टीलाई नरहेको दाबी गर्दै कार्यतालिका परिमार्जन भएको बताए ।

    ‘हामीलाई महाधिवेशन गर्नका लागि फराकिलो समय छैन । १५ औं महाधिवेशन सार्न पाउने सुुविधा पनि हामीलाई छैन,’ उनले भने, ‘जिल्ला र प्रदेशको अधिवेशन पछि गर्ने सुविधा भने हामीलाई छ ।’

    परिमार्जित कार्यतालिका अनुसार जिल्ला र प्रदेशबाहेक पार्टी संरचनाका चार तहका अधिवेशन हुने भनिएको छ । वडा अधिवेशन असोज ३ र ४, गाउँ–नगर असोज ७, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन असोज १० गते हुनेगरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

    केन्द्रीय महाधिवेशनको मिति भने हेरफेर गरिएको छैन । जसमा असोज १७ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति यथावत राखिएको छ ।

    बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा भने ती जिल्लामा तोकिएको निर्वाचन अधिकृतले पार्टीको स्थानीय तहसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend