Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृष्णभीरमा युद्धस्तरको काम : नागढुंगा–मुग्लिङ सडक छिट्टै खुलाउने प्रयास तीव्र


२४, भदौ २०८३
  • 75
    SHARES
  • कृष्णभीरमा युद्धस्तरको काम : नागढुंगा–मुग्लिङ सडक छिट्टै खुलाउने प्रयास तीव्र

    काठमाडौँ । रसुवा बाढीपछिको प्रतिकूल अवस्थाका बीच नागढुंगा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा आएको ठूलो पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउन युद्धस्तरमा काम भइरहेको छ। राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्ग अवरुद्ध भएपछि सडक खुलाउने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको हो।

    नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) अन्तर्गत प्राविधिक टोली, मजदुर तथा भारी उपकरण परिचालन गरी पहिरो हटाउने र सडकको संरचना सुरक्षित बनाउने काम तीव्र गतिमा भइरहेको छ।

    सडक डिभिजनअन्तर्गतको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का प्रमुख तथा इन्जिनियर धिरज ढकालका अनुसार अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन पहिरो खसेको भित्ताको स्लोप मिलाउने, जोखिमयुक्त माटो तथा ढुंगा काट्ने र आवश्यक स्थानमा नयाँ ट्र्याक खोल्ने काम एकसाथ भइरहेको छ।

    “सडक खुलाउने कामलाई प्राथमिकतामा राखेर उपलब्ध सबै स्रोत–साधन परिचालन गरेका छौँ,” उनले बताएका छन्। उनका अनुसार पहिरोको जोखिम अझै रहेकाले सडक खोल्ने कामसँगै यात्रुको सुरक्षालाई समेत विशेष ध्यान दिइएको छ।

    कृष्णभीरमा अवरुद्ध सडक खुलाउन १० वटाभन्दा बढी मेसिन तथा भारी उपकरण परिचालन गरिएको छ। एक्स्काभेटर, डोजरलगायत उपकरणमार्फत निरन्तर पहिरो हटाउने र सडकको भौतिक संरचना सुरक्षित बनाउने प्रयास भइरहेको आयोजनाले जनाएको छ।

    प्राविधिक तथा मजदुरहरूको टोली दैनिक १२ घण्टाभन्दा बढी समय निरन्तर खटिएर काम गरिरहेको छ। पहिरोको जटिल भूगोल र निरन्तर खस्न सक्ने माटो तथा ढुंगाका कारण चुनौतीपूर्ण अवस्थामा काम भइरहेको भए पनि सडक छिटो सञ्चालनमा ल्याउने लक्ष्यका साथ सबै टोली परिचालित गरिएको छ।

    नागढुंगा–मुग्लिङ सडकखण्ड देशकै अत्यन्त व्यस्त र महत्वपूर्ण यातायात मार्गमध्ये एक भएकाले यसको अवरोधले यात्रु तथा मालवाहक सवारीसाधनलाई ठूलो असर परेको छ। सडक अवरुद्ध भएपछि लामो दूरीका यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ।

    यसैबीच, सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म उक्त मार्ग हुँदै यात्रा गर्ने सम्पूर्ण यात्रु तथा सवारी चालकलाई संयमित रहन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न सडक आयोजनाले अनुरोध गरेको छ।

    प्राविधिक टोलीको निरन्तर प्रयास र भारी उपकरणको व्यापक परिचालनसँगै कृष्णभीरको अवरुद्ध सडक छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ। तर पहिरोको जोखिम र मौसमको अवस्थालाई ध्यानमा राख्दै यात्रुहरूले आधिकारिक सूचना लिएर मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend