Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आरआर क्याम्पसको गेटमै दाउराको चुलो, ग्यास अभावविरुद्ध विद्यार्थीको अनौठो प्रदर्शन


२५, भदौ २०८३
  • 81
    SHARES
  • आरआर क्याम्पसको गेटमै दाउराको चुलो, ग्यास अभावविरुद्ध विद्यार्थीको अनौठो प्रदर्शन

    काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव भएको भन्दै रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका विद्यार्थीहरूले क्याम्पस गेटमै दाउराको चुलो बालेर खाना पकाउँदै विरोध प्रदर्शन गरेका छन्।

    नेकपानिकट अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार आरआर क्याम्पसको मुख्य गेटमै दाउराको चुलो बालेर भात, गुन्द्रुक र आलु पकाएका हुन्। बजारमा ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउन आफूहरूले सांकेतिक रूपमा यस्तो प्रदर्शन गरेको विद्यार्थीहरूको भनाइ छ।

    विद्यार्थीहरूले खाना पकाउने ग्यासको तत्काल सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। दैनिक उपभोगको अत्यावश्यक वस्तु ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणको जनजीवन प्रभावित भएको उनीहरूले बताएका छन्।

    ग्यास नपाउँदा खाना पकाउनसमेत समस्या भएको र कतिपय अवस्थामा चाउचाउ खाएर बस्नुपर्ने बाध्यता आएको विद्यार्थीहरूको गुनासो छ।

    बजारमा ग्यास अभावको समस्या चर्किरहेका बेला राजधानीकै प्रमुख शैक्षिक संस्थाको गेटमा दाउराको चुलो बालेर गरिएको विद्यार्थीहरूको यो प्रदर्शनले सरकारको आपूर्ति व्यवस्थामाथि प्रश्न उठाएको छ। विद्यार्थीहरूले ग्यास आपूर्ति तत्काल सहज नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend