Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपीडितका लागि न्यूजिल्याण्डको साथ, प्रधानमन्त्री शाह र लक्सनबीच उच्चस्तरीय संवाद


२६, भदौ २०८३
  • 64
    SHARES
  • बाढीपीडितका लागि न्यूजिल्याण्डको साथ, प्रधानमन्त्री शाह र लक्सनबीच उच्चस्तरीय संवाद

    काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। नेपालमा हालै आएको विनाशकारी बाढीपछिको अवस्था, खोज तथा उद्धार, राहत, पुनःस्थापना र जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमका विषयमा दुई प्रधानमन्त्रीबीच महत्त्वपूर्ण छलफल भएको हो।

    टेलिफोन संवादका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिएका छन्। बाढीमा परी बेपत्ता भएका नागरिकहरूको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले उद्धार तथा खोज अभियानमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।

    प्रधानमन्त्री शाहले विपद्को कठिन घडीमा नेपाललाई सहयोग गर्ने न्यूजिल्याण्ड सरकारप्रति विशेष धन्यवाद तथा कृतज्ञता व्यक्त गरेका छन्। न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन्।

    वार्ताका क्रममा प्रधानमन्त्री शाहले नेपाल जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्का दृष्टिले उच्च जोखिमयुक्त र अत्यन्त संवेदनशील राष्ट्र रहेको उल्लेख गरेका छन्। हिमाली क्षेत्रमा बढ्दो तापक्रम, अनियमित वर्षा, बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले नेपालजस्ता मुलुकलाई गम्भीर असर पारिरहेको बताउँदै उनले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय समुदायले थप गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याएका छन्।

    उनले विशेषगरी अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘क्षति तथा नोक्सानी’ (Loss and Damage) अन्तर्गत नेपालजस्ता जलवायु परिवर्तनको असर भोगिरहेका राष्ट्रका लागि आवश्यक वित्तीय सहयोग जुटाउन न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोग र बलियो साथको अपेक्षा गरेका छन्।

    जवाफमा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले न्यूजिल्याण्ड सरकार र त्यहाँका जनताको तर्फबाट नेपाल तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका थिए।

    नेपालमा बाढीपछिको मानवीय संकट गहिरिँदै गएको अवस्थामा दुई देशका प्रधानमन्त्रीबीच भएको यो संवादलाई विपद् व्यवस्थापन, मानवीय सहायता र जलवायु परिवर्तनका विषयमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने महत्त्वपूर्ण पहलका रूपमा हेरिएको छ।

    भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धार अभियान जारी रहँदा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। न्यूजिल्याण्डको आर्थिक तथा मानवीय सहयोगले विपद्को मारमा परेका नेपाली नागरिकलाई राहत पुर्‍याउनुका साथै जलवायुजन्य संकटसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयासमा पनि नयाँ बल पुग्ने अपेक्षा गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend