Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढी प्रभावित विदुरमा हैजा रोक्न खोप अभियान, सबै नगरवासीलाई सहभागी हुन आग्रह


२६, भदौ २०८३
  • 63
    SHARES
  • बाढी प्रभावित विदुरमा हैजा रोक्न खोप अभियान, सबै नगरवासीलाई सहभागी हुन आग्रह

    नुवाकोट। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिकामा हैजाको संक्रमण फैलिन नदिन हैजाविरुद्धको खोप अभियान सुरु गरिएको छ।

    बाढीपछि दूषित पानी तथा खानेकुराका कारण हैजा फैलिन सक्ने जोखिम बढेपछि नगरपालिकाले संक्रमण रोकथामलाई प्राथमिकता दिँदै भदौ २५ गतेदेखि खोप अभियान सञ्चालन गरेको हो। अभियान भदौ २९ गतेसम्म नगरपालिकाका सबै वडाका तोकिएका खोप केन्द्रमार्फत सञ्चालन हुने जनाइएको छ।

    नगरपालिकाका अनुसार एक वर्ष उमेर पूरा भएका बालबालिकादेखि अन्य व्यक्तिसम्मले खोप लगाउन सक्नेछन्। बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइमा समस्या देखिन सक्ने भएकाले सम्भावित संक्रमण नियन्त्रणका लागि खोप अभियानलाई प्रभावकारी रूपमा अघि बढाइएको हो।

    खोप अभियानमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठसमेत सहभागी भएका छन्। उनले बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम कायम रहेकाले नगरवासीलाई सचेत रहन आग्रह गरेका छन्।

    नगरप्रमुख श्रेष्ठले संक्रमणबाट जोगिन नगरपालिकाले सञ्चालन गरेको अभियानमा सहभागी भई सबैले हैजाविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। साथै, सुरक्षित खानेपानीको प्रयोग, खाना सफा राख्ने तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनसमेत उनले नगरवासीलाई अनुरोध गरेका छन्।

    बाढीपछि सिर्जित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सञ्चालन गरिएको खोप अभियानले सम्भावित हैजा संक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend