Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

ग्यास अभावबारे सरकारको ध्यानाकर्षण, ‘सरकारभन्दा ठूलो माफिया हो ?’ : सांसद तामाङ


२६, भदौ २०८३
  • 93
    SHARES
  • ग्यास अभावबारे सरकारको ध्यानाकर्षण, ‘सरकारभन्दा ठूलो माफिया हो ?’ : सांसद तामाङ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले मुलुकमा देखिएको एलपी ग्यास अभावप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले ग्यास अभावको गुनासो लिएर आफूलाई दैनिक हजारौँ फोन आउने गरेको बताइन्। बजारमा ग्यास सिलिन्डर उपलब्ध हुँदाहुँदै पनि कतिपय व्यवसायीले उपभोक्तालाई बिक्री गर्न नमानेको गुनासो आउने गरेको उनको भनाइ छ।

    ग्यासको अभावका कारण सर्वसाधारणले सास्ती खेपिरहेको अवस्थामा बजारमा सिलिन्डर हुँदाहुँदै बिक्री नगर्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाइन्। सरकारको उपस्थितिमाथि नै प्रश्न उठाउँदै उनले ग्यास आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्नेमा जोड दिइन्।

    ‘यो त लासामा सुन छ, कान मेरो बुच्चै छ जस्तो भएन र सभामुख महोदय ?’ भन्दै उनले बजारमा ग्यास हुँदाहुँदै पनि उपभोक्ताले नपाउने अवस्थाप्रति व्यंग्य गरिन्।

    उनले सरकारभन्दा बजारमा माफियाको प्रभाव ठूलो भएको हो कि भन्ने प्रश्नसमेत उठाइन्।

    ‘के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त ? यसको जवाफ यस सदनको सबैभन्दा नजिकको व्यक्तित्व सभामुखज्यूबाट नै पाउनेछु भनेर आशा गरेको छु,’ उनले भनिन्।

    सांसद तामाङले ग्यासको कृत्रिम अभाव, बिक्रीमा देखिएको मनोमानी तथा सम्भावित कालोबजारी नियन्त्रणका लागि सरकार गम्भीर रूपमा प्रस्तुत हुनुपर्ने बताइन्। उनले उपभोक्ताले सहज रूपमा ग्यास पाउने वातावरण तत्काल सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend