Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन


२६, भदौ २०८३
  • 18
    SHARES
  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक शुक्रबार पनि ठोस छलफलविना टुंगिएको छ। बैठकमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने अपेक्षा गरिए पनि विषय प्रवेश नै नभएको कार्यदलका सदस्यहरूले बताएका छन्।

    पार्टी कार्यालयमा कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको बैठक सामान्य औपचारिकतामै सीमित भएको हो। कार्यदलका सदस्य यामलाल कँडेलका अनुसार बैठक प्रारम्भ भए पनि प्रतिवेदनमाथि कुनै छलफल भएन।

    उनका अनुसार कार्यदलका सदस्यहरूले अब क्रमशः आफ्ना धारणा राख्नेछन् र बैठकलाई शनिबारदेखि निरन्तरता दिइनेछ।

    अर्का सदस्य तथा सचिव महेश बस्नेतले पनि प्रतिवेदन अध्ययन गरेपछि मात्रै मूल विषयमा छलफल गर्ने गरी शुक्रबारको बैठक सकिएको जानकारी दिएका छन्। उनका अनुसार शनिबार बेलुका पुनः कार्यदलको बैठक बस्नेछ।

    कार्यदलका सदस्य सचिव शङ्कर पोखरेलले यसअघि तयार पारेको प्रतिवेदन कार्यदलमा पर्याप्त छलफल नै नगरी नेतृत्वलाई बुझाइएको र पछि नेतृत्वको निर्देशनमा पुनः लेखन गरिएको भन्दै पार्टीभित्र प्रश्न उठ्दै आएको थियो। यही पृष्ठभूमिमा लामो समयपछि बसेको कार्यदल बैठकलाई एमालेको आन्तरिक पुनर्गठन र निर्वाचन समीक्षाका दृष्टिले चासोका साथ हेरिएको थियो।

    तर पहिलो बैठक नै प्रतिवेदनमाथि छलफल नगरी टुंगिएपछि कार्यदलको कामले अपेक्षित गति लिन अझै समय लाग्ने देखिएको छ। अब शनिबारदेखि हुने छलफलमा प्रतिवेदनका विषयवस्तु, निर्वाचनमा पार्टीको प्रदर्शन, संगठनात्मक कमजोरी तथा आगामी पुनर्गठनका विषयमा सदस्यहरूले धारणा राख्ने तयारी छ।

     
     
     

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend