Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री खनाल


२७, भदौ २०८३
  • 104
    SHARES
  • नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनौँ : परराष्ट्रमन्त्री खनाल

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको भूमि कुनै पनि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल ‘एक चीन’ सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै उनले छिमेकीसँगको सम्बन्ध आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा अघि बढाइने बताएका छन्।

    शनिबार काठमाडौंमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोसलिजमले आयोजना गरेको ‘काष्ठमण्डप डायलग’ कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको परराष्ट्र नीतिमा छिमेकीको सुरक्षा संवेदनशीलतालाई पनि महत्व दिइने बताए।

    विपद्को कठिन समयमा चीन सरकारले उपलब्ध गराएको आपत्कालीन सहायता तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्दै उनले जलवायु परिवर्तनका कारण बढिरहेका प्राकृतिक विपद् सामना गर्न क्षेत्रीय सहकार्य अपरिहार्य रहेको बताए। विशेषगरी हिमताल विस्फोट तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान तथा प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्नुपर्नेमा उनले जोड दिए।

    परराष्ट्रमन्त्री खनालले नेपाल–चीनबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई अझ व्यावहारिक र परिणाममुखी बनाउनुपर्ने धारणा पनि राखे। नेपाली चिया, कफी तथा जडीबुटीजस्ता उच्च सम्भावना भएका उत्पादनलाई विशाल चिनियाँ बजारमा सहज पहुँच दिलाउन नेपालमै अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

    उनले राजनीतिक तथा कूटनीतिक सम्बन्धसँगै विपद् व्यवस्थापन, प्रविधि, कृषि तथा व्यापारका क्षेत्रमा नेपाल–चीन सहकार्य विस्तार गर्न सकिए दुवै देशका जनताले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend