Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट


२८, भदौ २०८३
  • 76
    SHARES
  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ।

    द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसअन्तर्गतको अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले यस चलचित्रलाई अस्करमा नेपालको प्रतिनिधित्वका लागि सिफारिस गरेको हो।

    यस वर्ष अस्करमा प्रतिस्पर्धाका लागि नेपालबाट दुई नेपाली कथानक चलचित्रले आवेदन दिएका थिए। ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ र ‘गौँथली’ मध्ये प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलगायतका आधारमा ‘तिनीहरू’ छनोट भएको समितिले जनाएको छ।

    समितिले गहन मूल्यांकनपछि एकेडेमीका मापदण्डअनुसार उच्चस्तरीय तथा उत्कृष्ट चलचित्रका रूपमा ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’लाई नेपालको तर्फबाट प्रतियोगीका रूपमा सिफारिस गरिएको स्पष्ट पारेको छ।

    कान्समा जुरी अवार्ड जितिसकेको चलचित्र

    अविनास विक्रम शाह निर्देशित यो चलचित्रले यसअघि कान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड जितेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको उपस्थिति बलियो बनाइसकेको छ। चलचित्र गत शुक्रबारदेखि नेपालका हलमा प्रदर्शनरत छ।

    जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवन, संघर्ष र संवेदनालाई कथाको केन्द्रमा राखिएको चलचित्रमा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, गौरी मल्ल, माओत्से गुरुङ र आकांक्षा कार्कीलगायत कलाकारको अभिनय रहेको छ।

    चलचित्रको पटकथा निर्देशक शाहकै रहेको छ भने कथा अविनाश विक्रम शाह र सन्दीप बादलको हो। नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा चलचित्र निर्माण गरिएको हो।

    चलचित्रका निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स रहेका छन्। सह–निर्मातामा नेपाल तथा ब्राजिलसहित विभिन्न देशका निर्माताहरू सहभागी छन्।

    चार्ल्स अडिनेट लाइन प्रोड्युसर रहेको चलचित्रमा केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी एशोसिएट निर्माता छन्। अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट प्रवेश गुरुङ सह–निर्माता तथा आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई र बेन्जामिन ग्रुब्स एशोसिएट निर्माता रहेका छन्।

  • रुषा न्यौपाने बनिन् ‘नव लक्स’ कस्मेटिक ब्रान्डकी ब्रान्ड एम्बेसडर

    काठमाडौं । मोडल तथा अभिनेत्री रुषा न्यौपाने नेपाली कस्मेटिक ब्रान्ड नव लक्सको ब्रान्ड एम्बेसडरमा नियुक्त

  • आवरणको सुन्दरतालाई प्रश्न गर्दै ‘ब्युटिफूल’ सार्वजनिक

    काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ब्युटिफूल

  • ‘चमेलीको पोइ’को पौने चार मिनेटको ट्रेलर सार्वजनिक, प्रेमदेखि दाम्पत्य उतारचढावसम्मको कथा

    काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा निर्माण भएको प्रतिक्षित चलचित्र **चमेलीको पोइ**को ट्रेलर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend