Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

न्युरोडको पार्किङ समस्या समाधान गर्न एनएसी भवनमा बहुमञ्जिला पार्किङ बनाउने महानगरको प्रस्ताव


२८, भदौ २०८३
  • 89
    SHARES
  • न्युरोडको पार्किङ समस्या समाधान गर्न एनएसी भवनमा बहुमञ्जिला पार्किङ बनाउने महानगरको प्रस्ताव

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीको मुख्य व्यापारिक क्षेत्र न्युरोडमा बढ्दो पार्किङ समस्या समाधान गर्न नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङस्थलमा परिणत गर्ने प्रस्ताव अघि सारेको छ।

    सीमित भौतिक स्थानको अधिकतम उपयोग गर्दै काठमाडौंको कोर क्षेत्रमा देखिएको पार्किङ अभावलाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले महानगरपालिकाले न्युरोडस्थित एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको हो।

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै एनएसी भवनलाई बहुमञ्जिला पार्किङमा रूपान्तरण गर्न संघीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिइन्।

    उनका अनुसार महानगरपालिकाले संघीय सरकारसँग एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न अनुमति दिन आग्रह गरेको छ। अनुमति प्राप्त भए न्युरोडसहित काठमाडौंको कोर क्षेत्रमा लामो समयदेखि देखिँदै आएको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने महानगरको विश्वास छ।

    “हामीले संघीय सरकारसँग विशेष अनुरोध गरेका छौँ कि न्युरोडमा रहेको एनएसी बिल्डिङलाई मल्टीस्टोरी पार्किङ बनाउन महानगरलाई इजाजत दिन आग्रह गरेका छौँ। यो भएपछि कोर एरियामा रहेको पार्किङ समस्या समाधान हुनेछ,” डंगोलले भनिन्।

    महानगरपालिकाले न्युरोड क्षेत्रमा सवारीसाधनको चाप बढ्दै गएको र उपलब्ध सार्वजनिक तथा निजी स्थानमा पार्किङको पर्याप्त व्यवस्था हुन नसक्दा सडक तथा आसपासका क्षेत्रमा समेत पार्किङको दबाब बढिरहेको जनाएको छ।

    एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न सकिए न्युरोड क्षेत्रमा आउने ठूलो संख्याका सवारीसाधनलाई व्यवस्थित रूपमा पार्किङ गराउन सकिने र सडकमा हुने अनधिकृत पार्किङसमेत घटाउन सकिने महानगरको अपेक्षा छ।

    महानगरपालिकाले संघीय सरकारबाट अनुमति प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरेको छ। महानगरले यस योजनालाई काठमाडौंको कोर क्षेत्रको पार्किङ व्यवस्थापन सुधार गर्ने महत्वपूर्ण परियोजनाका रूपमा अघि बढाउन तत्पर रहेको जनाएको छ।

    डंगोलले प्रस्ताव कार्यान्वयन भए न्युरोडको पार्किङ समस्या समाधानमा ठोस उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्दै संघीय सरकारबाट सकारात्मक सहयोगको अपेक्षा गरेकी छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend