Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज हरितालिका तीज : पशुपतिसहित देशभर शिव–पार्वतीको पूजा आराधना


२९, भदौ २०८३
  • 80
    SHARES
  • आज हरितालिका तीज : पशुपतिसहित देशभर शिव–पार्वतीको पूजा आराधना

    काठमाडौं । हिन्दु नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा महिला भक्तजनको घुइँचो लागेको छ।

    तीजको अवसरमा महिलाहरू निराहार तथा फलाहार व्रत बसी भगवान् शिव र पार्वतीको पूजा–आराधना गर्ने गर्छन्। तीजको व्रत तथा उपासना गरेमा सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

    धार्मिक मान्यताअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न गौरीघाटमा कठोर तपस्या गरेकी थिइन्। पिता हिमालयले पार्वतीको इच्छाविपरीत भगवान् विष्णुसँग विवाह गरिदिन खोजेपछि उनले आफ्ना साथीहरूसँग समस्या सुनाएकी थिइन्।

    पार्वतीको इच्छाअनुसार उनका साथीहरूले उनलाई हरण गरी कसैले नदेख्ने स्थानमा लुकाएर राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत र कठोर तपस्या गरी भगवान् शिवलाई प्राप्त गरेको धार्मिक कथन छ। पार्वतीलाई साथीहरूले हरण गरेको दिन भाद्र शुक्ल तृतीया भएकाले यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ।

    अटल सौभाग्य, सुख–शान्ति तथा पारिवारिक कल्याणको कामनाका साथै सन्तान प्राप्तिका लागि विवाहित महिलाहरू र असल वर प्राप्तिको कामनामा अविवाहित महिलाहरूले समेत तीजको व्रत बस्ने धार्मिक विधान रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।

    तीजका अवसरमा आज देशभरका शिवालयमा विशेष पूजा, आराधना तथा दर्शन भइरहेको छ। सरकारले पनि तीज पर्वका अवसरमा महिला कर्मचारीका लागि बिदा दिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend