Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लडाकु शिविरमा ३२-३३ हजार पुर्‍याएको अडियो अझै सुरक्षित छ:पोख्रेल


५, जेठ २०८०
  • 185
    SHARES
  • लडाकु शिविरमा ३२-३३ हजार पुर्‍याएको अडियो अझै सुरक्षित छ:पोख्रेल

    काठमाण्डौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी लडाकु शिविरमा भएको घोटाला राज्य माथिको खुलेआम लुट र डकैती भएको बताएका छन् । पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लुकेर गरेको भए भ्रष्टाचार र अनियमितता हुने भन्दै त्यो खुलेआम भएकाले लुट र डकैती भएको बताएका हुन् । 

    माओवादी लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरूलाई ३२-३३ हजार पुर्‍याएको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आफैँले बोलेको अडियोमा रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको उनले बताएका छन् । लडाकु शिविर प्रकरणमा ७-८ हजारको हाराहारीमा रहेका लडाकुहरूलाई ३२-३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैले हुङ्कारका साथ बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित छ। उनले भनेका छन्।

    वास्तविक लडाकु ७-८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसीयलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएको उनले बताए । अनमिनले प्रमाणीकरण गरेकाहरूमध्ये धेरैजसो समायोजनमा नगएर स्वैच्छिक अवकाश रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेको समेत उनले खुलाएका छन् । उनले लेखेका छन्, शिविरमा रहेकाहरूले बुझ्ने गरेको भत्ताको चेक उनीहरूका कमाण्डरले खोरेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरू धेरैले धेरै पटक उठाउँदै आएको कुरा हो। अनमिनले प्रमाणीकरण गरेकाहरू मध्ये धेरैजसो समायोजनमा नगएर स्वैच्छिक अवकाश रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेकै हुन्।

    यी सबै कुरा खोजिगर्दा लुक्न नसक्ने उनले बताए । यी सबै तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्‍यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरुले लुटे र ककसलाई बुझाए भन्ने कुरा खोजिगर्दा लुक्न सक्ने कुरा होइन । 

    उनले घोटाला काण्ड राज्य माथिको खुलेआम लुट र डकैती थियो भन्दै त्यस बेलाका सुप्रीमो प्रचण्ड शिविरमा कुनै भ्रष्टाचार भएको छैन भन्ने हुङ्कार दिइरहेको उल्लेख गरेका छन् । उनी लेख्छन्, तर पनि प्रचण्डजीहरु अझै पनि ठुलो स्वरमा हुङ्कार दिइनै रहेका छन् लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन । हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रीमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र रु तर पनि नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend