Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

फेसन शिक्षामा योगदानको कदर : फुपु तेन्जिङ शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्ड


२९, भदौ २०८३
  • 62
    SHARES
  • फेसन शिक्षामा योगदानको कदर : फुपु तेन्जिङ शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्ड

    काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पा ‘उत्कृष्ट फेसन शिक्षा’ अवार्डबाट सम्मानित हुनुभएको छ।

    सेजन मिडिया प्रालिले आयोजना गरेको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ (सिजन–७) अन्तर्गत शेर्पालाई उक्त सम्मान प्रदान गरिएको हो। काठमाडौंको कुपण्डोलस्थित होटल हिमालयमा आइतबार आयोजित समारोहमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शेर्पालाई अवार्ड प्रदान गर्नुभयो।

    फेसन शिक्षाको विकास, दक्ष जनशक्ति उत्पादन तथा नेपाली फेसन क्षेत्रको प्रवर्द्धनमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै शेर्पालाई सम्मान गरिएको आयोजकले जनाएको छ।

    शेर्पाको नेतृत्वमा सञ्चालित आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले नेपालमा फेसन तथा इन्टेरियर डिजाइन शिक्षालाई व्यावसायिक र प्रयोगात्मक ढंगले अघि बढाउँदै आएको छ। संस्थाले विद्यार्थीलाई डिजाइन तथा सिर्जनशीलतासँगै उद्यमशीलता र प्रयोगात्मक अभ्यासमा जोड दिँदै दक्ष जनशक्ति उत्पादनमा काम गरिरहेको छ।

    अवार्ड ग्रहण गर्दै शेर्पाले प्राप्त सम्मानले फेसन शिक्षाको क्षेत्रमा थप जिम्मेवारी र उत्साहका साथ काम गर्ने प्रेरणा मिलेको बताउनुभयो। उहाँले सम्मानलाई आफू मात्रको उपलब्धि नभई आईआईएफटीका शिक्षक, विद्यार्थी, पूर्वविद्यार्थी तथा सम्पूर्ण टोलीको सामूहिक प्रयासको कदरका रूपमा लिनुभएको उल्लेख गर्नुभयो।

    नेपाली फेसनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन शिक्षा, सीप, प्रविधि र उद्योगबीचको सहकार्य अपरिहार्य रहेको शेर्पाले बताउनुभयो। फेसन शिक्षालाई उद्योगसँग जोड्दै नेपाली युवालाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्तिका रूपमा विकास गर्न निरन्तर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

    उहाँको यो सम्मानले नेपाली फेसन शिक्षालाई व्यावसायिक, सिर्जनशील र अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँग जोड्ने प्रयासलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend