Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कृष्णभीरको बाटो खुलेसँगै काठमाडौंमा ग्यास सहज हुने निगमको दाबी


२९, भदौ २०८३
  • 63
    SHARES
  • कृष्णभीरको बाटो खुलेसँगै काठमाडौंमा ग्यास सहज हुने निगमको दाबी

    काठमाडौं । कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएपछि प्रभावित बनेको काठमाडौं उपत्यकाको एलपी ग्यास आपूर्ति सडक सञ्चालनमा आएसँगै सहज हुने नेपाल आयल निगमले जनाएको छ।

    निगमले आइतबार विज्ञप्ति जारी गर्दै कृष्णभीरमा नयाँ बाटो सञ्चालनमा आउनेबित्तिकै ग्यास बुलेट नियमित रूपमा काठमाडौं भित्रिने जनाएको हो। हाल वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा ग्यास रिफिल गरेर काठमाडौं उपत्यकामा आपूर्ति भइरहेको निगमको भनाइ छ।

    निगमका अनुसार आइतबार कृष्णभीरमा निर्माण गरिएको नयाँ बाटो परीक्षणका क्रममा ग्यास बुलेट काठमाडौं पठाइएको थियो। भदौ १८ गतेदेखि भदौ २८ गतेसम्म वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ३ लाख ९९ हजार ५२९ थान ग्यास सिलिण्डर वितरण गरिएको छ।

    यस्तै, भदौ २८ गतेसम्म नेपालमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको निगमले जनाएको छ। उक्त परिमाण करिब ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर रहेको निगमको दाबी छ। नेपाल ल्याउनका लागि थप १९ हजार ११८ मेट्रिक टन ग्यास लोड भइसकेको निगमले जनाएको छ।

    ग्यासको आपूर्ति प्रभावित भएपछि हुनसक्ने कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमनलाई समेत तीव्रता दिइएको निगमले जनाएको छ। विभिन्न स्थानमा लुकाएर राखिएका १ हजार २०० सिलिण्डर नियन्त्रणमा लिई उपभोक्तालाई वितरण गरिएको निगमको भनाइ छ।

    निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न आग्रह गर्दै कृष्णभीरको सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि आपूर्ति प्रणाली थप नियमित र सहज हुने विश्वास व्यक्त गरेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend