Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहान ३ बजेदेखि चारै ढोका खुला


२९, भदौ २०८३
  • 75
    SHARES
  • तीजमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहान ३ बजेदेखि चारै ढोका खुला

    काठमाडौं । हरितालिका तीजका अवसरमा आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको ठूलो भीड लागेको छ।

    व्रत बसेका महिलासहित दर्शनार्थीको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनलाई सहज र व्यवस्थित रूपमा दर्शन गराउन विभिन्न स्थानबाट छुट्टाछुट्टै लाम तथा प्रवेश–निकासको व्यवस्था मिलाइएको छ।

    मित्रपार्क, जयवागेश्वरी, सिनामंगल–एयरपोर्ट र पिंगलास्थानतर्फबाट आउने भक्तजनका लागि अलग-अलग प्रवेशमार्ग तय गरिएको छ। दर्शनार्थीलाई विभिन्न र्‍याम्प तथा आकासे पुल हुँदै मन्दिरका उत्तर, पश्चिम, पूर्व र दक्षिणतर्फका मुहारबाट दर्शन गराएर बाहिरिने व्यवस्था गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

    भक्तजनको सुरक्षा तथा व्यवस्थापनका लागि पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यस्तै, धार्मिक तथा सामाजिक गरी २४ वटा संस्थाका ८५५ जना स्वयंसेवक समेत खटाइएको कोषले जनाएको छ।

    तीजको मुख्य दिन भएकाले बिहानैदेखि पशुपति क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देखिएको छ। भक्तजनको भीडलाई व्यवस्थित गर्न सुरक्षा निकाय, स्वयंसेवक तथा कोषका कर्मचारी परिचालन गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend