Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तिजलाई महिला सम्मान र समान अधिकारको सन्देश दिने पर्व बनाउन आङदेम्बेको आग्रह


२९, भदौ २०८३
  • 78
    SHARES
  • तिजलाई महिला सम्मान र समान अधिकारको सन्देश दिने पर्व बनाउन आङदेम्बेको आग्रह

    काठमाडौं। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दु नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।

    तिज पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले हरितालिका तिज नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावसँग जोडिएको महत्वपूर्ण पर्व भएको बताएका छन्। तिजले नेपाली समाजमा आपसी प्रेम, पारिवारिक एकता, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै आएको उनको भनाइ छ।

    समयसँगै नेपाली समाज परिवर्तन हुँदै गएको उल्लेख गर्दै आङदेम्बेले महिलाको भूमिका अब घरपरिवारमा मात्र सीमित नरहेको बताएका छन्। राष्ट्र निर्माणदेखि राजनीति, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि तथा सामाजिक रूपान्तरणका हरेक क्षेत्रमा नेपाली महिलाको योगदान महत्वपूर्ण रहेको उनले उल्लेख गरेका छन्।

    उनले तिजलाई केवल परम्परा र उत्सवका रूपमा मनाउनेभन्दा पनि महिला सम्मान, समान अधिकार, आत्मनिर्भरता र सामाजिक न्यायको सन्देश प्रवाह गर्ने अवसरका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिएका छन्।

    महिलामाथि हुने हिंसा, विभेद, असमानता र अन्यायको अन्त्य गर्दै समान अवसर र सम्मानजनक जीवनको सुनिश्चितता गर्नु राज्य तथा समाज दुवैको साझा दायित्व भएको आङदेम्बेको भनाइ छ।

    तिज पर्वले नेपाली समाजमा आपसी सद्भाव र आत्मीयतालाई थप मजबुत बनाउँदै न्यायपूर्ण, समतामूलक, सभ्य र समृद्ध समाज निर्माणका लागि नयाँ ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत उनले गरेका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend