Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा


३०, भदौ २०८३
  • 166
    SHARES
  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका गरगहना चोरी गर्ने आरोपमा प्रहरीले ८ भारतीय महिलालाई पक्राउ गरेको छ।

    मन्दिर परिसरमा दर्शनार्थीको बाक्लो भीड रहेका बेला सुनको सिक्री तथा लकेट चोरी गरी भाग्न खोजिरहेका ६ जनालाई प्रहरीले सोमबार दिउँसो करिब पौने २ बजे सिसिटिभी फुटेजको सहयोगमा नियन्त्रणमा लिएको थियो। पक्राउ परेकामाथि अनुसन्धान गर्ने क्रममा सोही समूहमा संलग्न थप दुई महिलासमेत पक्राउ परेपछि हिरासतमा पर्नेहरूको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    प्रहरीका अनुसार पक्राउ परेका महिलाहरूको साथबाट चोरी गरिएका सुनका गहना तथा केही नगदसमेत बरामद भएको छ। उनीहरू भारतको सीमावर्ती खुनुवा नाका हुँदै नेपाल प्रवेश गरी दर्शनार्थीको भेषमा तौलेश्वरनाथ मन्दिर पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

    प्रहरीले यस समूहले यसअघि गत साउन २५ गते आयोजित बोलबम काँवर जलयात्राका क्रममा समेत तौलेश्वरनाथ मन्दिरमा चोरी गरेको हुन सक्ने जनाएको छ। उक्त घटनासँग सम्बन्धित सिसिटिभी फुटेजको अध्ययन गर्दा पक्राउ परेका महिलाहरूको गतिविधि देखिएको प्रहरीको भनाइ छ।

    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्ला प्रतापबल पोस्ट, समदेवराह थानाकी २५ वर्षीया उषादेवी हरिजन, गोरखपुर जिल्ला चौरीचौरा थाना सरदारनगर पोस्टकी ३२ वर्षीया गीतादेवी चमार र सोही ठाउँकी ३५ वर्षीया रीता चमार रहेका छन्।

    त्यस्तै सिद्धार्थनगर पोस्ट सोहरथगढ थाना करहियाकी ३५ वर्षीया उषादेवी चमार, सिद्धार्थनगर थाना नुक्साबजारकी २४ वर्षीया शीला हरिजन, गोरखपुर क्याम्पियरगञ्ज थाना पकडीदुसवाकी अनितादेवी हरिजन, सिद्धार्थनगर थाना उस्काबजार लक्क्षमनपुरकी २० वर्षीया काजल हरिजन र उत्तर प्रदेश महाराजगञ्ज थाना फरेन्दाकी ५० वर्षीया राजमति चमार पक्राउ परेका छन्।

    तीजलगायत धार्मिक पर्वमा मन्दिर तथा धार्मिकस्थलमा ठूलो संख्यामा दर्शनार्थी जम्मा हुने भएकाले चोरीका घटना रोक्न प्रहरीले निगरानी बढाउँदै आएको छ। तौलेश्वरनाथ मन्दिरमा सिसिटिभीमार्फत निगरानी गरिएको र त्यसैको आधारमा चोरीमा संलग्न समूह पहिचान गर्न सफल भएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका सबै आठ जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले चोरी भएका अन्य सामान तथा यस समूहको विगतका गतिविधिबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

    799542034_2576489972865893_8279306932704526953_n.jpg
    undefined

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend