Logo

Sep 30 2026 | २०८३, असोज १४गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भोटेकोशी बाढी प्रभावित ३०० परिवारलाई राहत, ३०० विद्यार्थीलाई पनि सहयोग गर्ने तयारी


३१, भदौ २०८३
  • 74
    SHARES
  • भोटेकोशी बाढी प्रभावित ३०० परिवारलाई राहत, ३०० विद्यार्थीलाई पनि सहयोग गर्ने तयारी

    रसुवा । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई राहत सामग्री वितरण गरिएको छ। बाढीपछि समस्यामा परेका नागरिकलाई लक्षित गर्दै नेपाल ट्रेकर्स बुकिङ एण्ड एक्सपेडिसन प्रा.लि.का प्रबन्ध निर्देशक रमेश धमलाको नेतृत्वमा राहत टोली प्रभावित क्षेत्रमा पुगेको हो।

    राहत अभियानअन्तर्गत कालिका गाउँपालिका–२ र ३ का बाढी प्रभावित समुदाय तथा उत्तरगया गाउँपालिकास्थित नीलकण्ठ स्कुल होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित नागरिकलाई खाद्यान्न तथा दैनिक जीवनमा आवश्यक सामग्री वितरण गरिएको धमलाले जानकारी दिए।

    स्थानीय जनप्रतिनिधि र समुदायका सदस्यसँगको समन्वयमा गरिएको राहत वितरणबाट करिब ३०० जना व्यक्ति तथा परिवार लाभान्वित भएको जनाइएको छ।

    टोलीले बाढी प्रभावितलाई चामल तथा अन्य खाद्यान्न, खाना पकाउने तथा भान्साका सामग्री, कपडा, बालबालिकाका लुगा, डायपर, सरसफाइ सामग्री, औषधि तथा आधारभूत स्वास्थ्य सामग्री लगायतका वस्तु उपलब्ध गराएको थियो।

    प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी राहत पुर्‍याउन स्थानीय जनप्रतिनिधि तथा समुदायसँगको समन्वय महत्वपूर्ण भएको धमलाले बताए। उनका अनुसार स्थानीयस्तरबाट प्राप्त आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिएको हो।

    ३०० विद्यार्थीलाई सहयोग गर्ने तयारी

    राहत अभियानलाई थप विस्तार गर्दै स्थानीय एक विद्यालयमा अध्ययनरत करिब ३०० जना विद्यार्थीलाई समेत सहयोग गर्ने तयारी गरिएको छ। विद्यार्थीलाई आवश्यक कपडा, खाद्यान्न तथा अन्य शैक्षिक एवं दैनिक उपयोगका सामग्री उपलब्ध गराउने योजना रहेको धमलाले जानकारी दिए।

    बाढीबाट विस्थापित तथा प्रभावित परिवारको दैनिकी अझै सहज हुन नसकेको अवस्थामा निजी क्षेत्र तथा सामाजिक अभियानमार्फत भइरहेको सहयोगले प्रभावित समुदायलाई तत्कालीन आवश्यकता पूरा गर्न केही राहत पुग्ने देखिएको छ।

     
     

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend