Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग


३१, भदौ २०८३
  • 314
    SHARES
  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्ति–सुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन कपिलवस्तुले प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमसमक्ष ज्ञापनपत्र बुझाएको छ।

    फाउन्डेसनका अनुसार ‘प्रेम योगी’ नामक फेसबुक आईडीबाट इस्लाम धर्म तथा पैगम्बर–ए–इस्लामबारे आपत्तिजनक र भड्काउपूर्ण टिप्पणीहरू सार्वजनिक गरिएको भन्दै उक्त सामग्रीको सत्यतथ्य छानबिन गरी फेसबुक आईडी सञ्चालन गर्ने व्यक्तिको पहिचान गर्न माग गरिएको हो।

    ज्ञापनपत्र बुझाउँदै प्रतिनिधिमण्डलले सामाजिक तथा धार्मिक सद्भावमा असर पार्न सक्ने गतिविधिमाथि सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गर्नुपर्ने बताएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका सामग्रीको प्राविधिक तथा कानुनी छानबिन गरी दोषी देखिए प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्नसमेत फाउन्डेसनले आग्रह गरेको छ।

    फाउन्डेसनले आफूहरू विषयलाई कानुनी प्रक्रियामार्फत समाधान गर्न चाहेको स्पष्ट गर्दै सामाजिक सञ्जालको दुरुपयोगबाट समुदायबीचको सद्भाव र शान्तिमा असर नपर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको जनाएको छ।

    ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विषयलाई गम्भीरतापूर्वक लिएको र सम्बन्धित फेसबुक आईडी तथा त्यसमा प्रकाशित सामग्रीबारे आवश्यक प्रक्रिया अघि बढाइने जानकारी दिएको फाउन्डेसनले जनाएको छ।

    फाउन्डेसनका अनुसार उक्त फेसबुक आईडी सञ्चालन गर्ने भनिएको व्यक्ति हाल विदेशमा रहेको चर्चा भए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन। फेसबुक आईडी कसले सञ्चालन गरेको हो, प्रकाशित सामग्रीको वास्तविक स्रोत के हो र सम्बन्धित व्यक्ति हाल कहाँ छन् भन्ने विषय सम्बन्धित निकायको अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ।

    फाउन्डेसनले सामाजिक तथा धार्मिक संवेदनशीलतासँग जोडिएका विषयमा हतारमा निष्कर्ष निकाल्नुभन्दा तथ्य र कानुनका आधारमा अनुसन्धान गरी दोषी पाइए कानुनी कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

    799754420_1402408377892234_3149060399825925970_n.jpg
     
     
     

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend