Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट


३१, भदौ २०८३
  • 70
    SHARES
  • बाढीपछिको पुनःनिर्माणमा जापानको सहयोग रहने प्रतिबद्धता, प्रधानमन्त्री शाह र राजदूत तोरुबीच भेट

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि जापानका राजदूत मेइदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको बाढी तथा विपद्बाट भएको क्षति, राहत, पुनःस्थापना र पुनःनिर्माणमा जापानको सहयोगलगायत विषयमा छलफल भएको हो।

    भेटमा प्रधानमन्त्री शाहले बाढीपीडित नेपालीप्रति जापानले व्यक्त गरेको सद्भाव, ऐक्यबद्धता, सहानुभूति र समवेदनाका लागि धन्यवाद व्यक्त गरे। उनले जापान सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)मार्फत उपलब्ध गराएको राहत सामग्री तथा अनुदान सहयोगप्रति पनि आभार प्रकट गरे।

    प्रधानमन्त्री शाहले जापानलाई नेपालको महत्वपूर्ण विकास साझेदारका रूपमा उल्लेख गर्दै विपद्पछिको पुनःस्थापना र पुनःनिर्माणका लागि समेत जापानी सहयोग आवश्यक रहेको बताए। विपद्बाट प्रभावित क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन राहतसँगै दीर्घकालीन पुनःनिर्माणमा अन्तर्राष्ट्रिय सहकार्य महत्वपूर्ण हुने उनको भनाइ थियो।

    भेटका क्रममा राजदूत मेइदा तोरुले विपद् प्रभावित नेपालीको पुनःस्थापना तथा पुनःनिर्माणमा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल बाढी तथा अन्य प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले विपद्का कारण र त्यसबाट हुने क्षतिबारे वैज्ञानिक अध्ययन तथा अनुसन्धानलाई थप प्राथमिकता दिनुपर्नेमा जोड दिए।

    राजदूत तोरुले नेपाल–जापानबीच लामो समयदेखि कायम रहेको सहकार्यलाई अझ विस्तार गर्ने विषयमा पनि धारणा राखे। उनले विशेषगरी पूर्वाधार विकास, प्रविधि हस्तान्तरण र शिक्षा क्षेत्रको सुधारलगायत क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा चर्चा गरे।

    नेपालमा विपद् जोखिम न्यूनीकरण, पूर्वाधार निर्माण तथा पुनःनिर्माणका क्षेत्रमा जापानले लामो समयदेखि सहयोग गर्दै आएको छ। पछिल्लो भेटवार्ताले तत्कालीन राहतसँगै विपद्पछिको पुनःस्थापना, पुनःनिर्माण र भविष्यमा विपद् जोखिम घटाउने दीर्घकालीन सहकार्यलाई समेत संवादको केन्द्रमा ल्याएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend