Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक


१, असोज २०८३
  • 98
    SHARES
  • संविधान संशोधनको ‘सजिलो बाटो’मा सर्वोच्चको ब्रेक

    काठमाडौं । संविधान संशोधनको प्रक्रिया सहज बनाउने गरी प्रतिनिधिसभा नियमावली, २०८३ मा राखिएका दुई विवादित प्रावधान कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

    प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित पाँच सदस्यीय संवैधानिक इजलासले नियमावलीको नियम १४०(११) र नियम २५९ तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएको हो।

    नियम १४०(११) ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल मत जोडेर दुईतिहाइ पुगेमा संविधान संशोधन विधेयक अघि बढाउन सकिने व्यवस्था गरेको थियो। तर संविधानको धारा २७४ अनुसार संविधान संशोधनका लागि दुवै सदनबाट छुट्टाछुट्टै दुईतिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ।

    त्यस्तै, नियम २५९ ले प्रतिनिधिसभा नियमावलीलाई संघीय कानुनसरह विशेष हैसियत दिने व्यवस्था गरेको थियो। यसले सांसद तथा संसद्का कामकारबाहीमा प्रचलित कानुनको प्रभावबारे संवैधानिक प्रश्न उठेको थियो।

    सर्वोच्चले यी प्रावधान संविधानसँग अनुकूल छन् कि छैनन् भन्ने विषयमा अन्तिम फैसला भने गरिसकेको छैन। अहिलेका लागि मात्रै कार्यान्वयन रोकिएको हो।

    आदेशपछि संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट छुट्टाछुट्टै दुईतिहाइ बहुमत आवश्यक पर्ने संवैधानिक व्यवस्था यथावत् रहने भएको छ।

    रिट निवेदक तथा विपक्षीका तर्क सुनेपछि संवैधानिक इजलासले यी प्रावधान स्थायी रूपमा कायम रहने वा बदर हुनेबारे अन्तिम निर्णय गर्नेछ।

    WhatsApp Image 2026-09-17 at 12.58.24 PM.jpeg

    123.jpeg

     

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend