Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आजदेखि चलनचल्तीमा आउँदै नयाँ ५० रुपैयाँको नोट, के-के छन् नयाँ विशेषता?


२, असोज २०८३
  • 34
    SHARES
  • आजदेखि चलनचल्तीमा आउँदै नयाँ ५० रुपैयाँको नोट, के-के छन् नयाँ विशेषता?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङमा जारी हुने नोटमा सुरक्षा तथा पहिचानका विभिन्न विशेषता समेटिएका छन्।
    राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा ‘ट २४, ०००००१’ देखि ‘ण ७०, ९९९९९९’ सम्मका संकेत नम्बर रहेका नोट जारी गरिनेछन्। 

    नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याइएको उल्लेख गरिएको छ।

    नोटको अगाडिको मध्य भागमा नेपाल राष्ट्र बैंक र नेपाल सरकारको जमानतसम्बन्धी प्रतिज्ञामूलक वाक्यांश राखिएको छ। बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल्लो भागमा ‘५०’ अंकित पानी छापसमेत रहेको छ।

    नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। नोटमा १.२ मिलिमिटर चौडा कागजमा बुनिएको सुरक्षा धागो राखिएको छ। प्रकाशतर्फ पारेर हेर्दा उक्त धागो पूर्ण रूपमा देखिनुका साथै त्यसमा ‘एनआरबी’ लेखिएको देखिन्छ।

    नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ तथा तल्लो भागमा ‘रुपिज फिफ्टी’ र ‘२०२५ एडी’ उल्लेख गरिएको छ।

    यसअघि राष्ट्र बैंकले २०७७ असार २२ गतेदेखि ५० रुपैयाँ दरको २०१९ सिरिजको बैंक नोट चलनचल्तीमा ल्याउने सूचना प्रकाशित गरेको थियो। उक्त सिरिजमा रहेका संकेत नम्बरमध्ये ‘ज ८९, ०००००१’ देखि ‘ट २३, ९०००००’ सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको थियो।

    नयाँ सिरिजको नोट बजारमा आए पनि यसअघि चलनचल्तीमा रहेका कानुनी रूपमा मान्य ५० रुपैयाँका नोटसमेत यथावत् चलनचल्तीमा रहनेछन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend