Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता


२, असोज २०८३
  • 18
    SHARES
  • समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त रकमलाई प्राथमिकताका आधारमा बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ।

    समितिका अनुसार शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरिन्टल को–अपरेटिभका आठ जना, तुलसी बहुमुखी सहकारीका नौ जना र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

    समितिले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम नै सम्बन्धित सहकारीका पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। सरकारले छुट्टै स्रोतबाट रकम उपलब्ध गराएर नभई सहकारीको सम्पत्ति तथा असुलीबाट प्राप्त रकमबाट बचत फिर्ताको प्रक्रिया अघि बढाएको जनाएको हो।

    पहिलो चरणमा थोरै रकम बचत गरेका साना बचतकर्तालाई प्राथमिकतामा राखिएको समितिले जनाएको छ। यसबाट लामो समयदेखि आफ्नो बचत फिर्ताको प्रतीक्षामा रहेका साना बचतकर्तालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

    समितिका अनुसार बचत फिर्ताको प्रक्रिया पहिलो चरणमै सीमित हुने छैन। आगामी दिनमा बचतकर्तालाई उनीहरूको बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिनेछ। यसका लागि समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली, सम्पत्ति पहिचान तथा व्यवस्थापनलाई निरन्तरता दिइने समितिले जनाएको छ।

    समस्याग्रस्त सहकारी संस्थाबाट बचत फिर्ता गराउन समितिले सम्बन्धित सहकारीको सम्पत्ति तथा दायित्वको व्यवस्थापनसँगै ऋणीबाट रकम असुलीलाई प्राथमिकतामा राख्दै आएको छ। असुलीबाट प्राप्त हुने रकमलाई कानुनी प्रक्रियाअनुसार सम्बन्धित बचतकर्ताको दाबी तथा प्राथमिकताका आधारमा फिर्ता गर्ने व्यवस्था गरिएको छ।

    सहकारी क्षेत्रमा देखिएको आर्थिक संकटका कारण लामो समयदेखि बचत फिर्ता नपाएका नागरिकले रकम फिर्ताका लागि निरन्तर दबाब दिँदै आएका छन्। विशेषगरी साना बचतकर्ताको रकम फिर्तालाई प्राथमिकता दिइँदा तत्काल ठूलो रकम फिर्ता पाउन नसकेका बचतकर्ताका लागि पनि क्रमिक रूपमा रकम उपलब्ध गराउने बाटो खुल्ने समितिको भनाइ छ।

    समितिले समस्याग्रस्त सहकारी संस्थाहरूको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट रकम प्राप्त हुने क्रमसँगै बचत फिर्ता गर्ने कार्यलाई प्रचलित कानुनी व्यवस्थाबमोजिम निरन्तर सञ्चालन गर्ने जनाएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend