Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘संविधानप्रदत्त अधिकार नागरिकको जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गरौँ’ : मुख्यमन्त्री थापा


३, असोज २०८३
  • 72
    SHARES
  • ‘संविधानप्रदत्त अधिकार नागरिकको जीवनमा अनुभूत हुने गरी कार्यान्वयन गरौँ’ : मुख्यमन्त्री थापा

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानले सुनिश्चित गरेका अधिकार नागरिकको दैनिक जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी कार्यान्वयन गर्नु तीनवटै तहका सरकारको साझा जिम्मेवारी भएको बताएका छन्।

    संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री थापाले संविधानको अक्षर र भावनाअनुसार राज्य सञ्चालन गर्दै नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन्।

    उनले प्रदेश सरकार सुशासन, उत्तरदायी सेवा प्रवाह, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकतामा राखेर समृद्ध बागमती निर्माणको दिशामा अघि बढिरहेको बताए।

    संविधानले नागरिकलाई दिएका मौलिक हक तथा अधिकार व्यवहारमा कार्यान्वयन गर्न संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ छ।

    मुख्यमन्त्री थापाले प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउन प्रदेश सरकार निरन्तर क्रियाशील रहेकोसमेत सन्देशमा उल्लेख गरेका छन्।

    विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत, पुनर्स्थापना तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गर्दै आएको उनले बताए।

    संविधान दिवसले संविधानका उपलब्धिको समीक्षा गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि थप प्रतिबद्ध हुने अवसर प्रदान गर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापाले समृद्ध, न्यायपूर्ण र समावेशी समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend