Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रपतिको सन्देश : नागरिकलाई निराशामा राखेर राज्य र व्यवस्था सफल हुँदैन


३, असोज २०८३
  • 83
    SHARES
  • राष्ट्रपतिको सन्देश : नागरिकलाई निराशामा राखेर राज्य र व्यवस्था सफल हुँदैन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनको वास्तविक उपलब्धि नागरिकको दैनिक जीवनमा अनुभूत हुनुपर्ने बताएका छन्। उनले संविधानले सुनिश्चित गरेका अधिकार र राजनीतिक परिवर्तनलाई व्यवहारमा उतार्न सुशासन, उत्कृष्ट सेवा प्रवाह र परिणाममुखी शासन प्रणाली आवश्यक रहेकोमा जोड दिएका छन्।

    संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकमा आशा जगाउन नसक्ने राज्य र व्यवस्था सफल हुन नसक्ने बताए। राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न शासन प्रणालीले नागरिकलाई प्रत्यक्ष लाभ र अनुभूति दिनुपर्ने उनको भनाइ थियो।

    उनले शासकीय संरचनामा परिवर्तन हुँदैमा मात्रै युगका अपेक्षा पूरा नहुने स्पष्ट पारे। राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा समेत परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले व्यवहारबाटै राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्नुपर्ने बताए।

    राष्ट्रपति पौडेलले राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व रहेको बताए। उनका अनुसार संविधान दिवस केवल संविधान जारी भएको दिनको स्मरण गर्ने अवसर मात्र नभई राज्य सञ्चालनका उपलब्धि र कमजोरीबारे आत्मसमीक्षा गर्ने दिन पनि हो।

    विपद्को पीडाबीच संविधान दिवस मनाइरहेको प्रसंग उल्लेख गर्दै उनले पुनर्निर्माणको प्राथमिकता भौतिक संरचना निर्माणमा मात्र सीमित हुन नहुने बताए। सडक, पुल र भवनसँगै विस्थापित परिवारको जीवन, जीविका र भविष्य सुरक्षित गर्ने कामलाई पनि पुनर्निर्माणको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने उनको धारणा थियो।

    राष्ट्रपति पौडेलले संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा केन्द्रित हुने बताए। एकात्मक र केन्द्रीकृत शासन प्रणालीको विकल्पका रूपमा प्राप्त संघीयता संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले संघीय संरचनालाई नागरिकको जीवनमा प्रभावकारी सेवा र अधिकार सुनिश्चित गर्ने माध्यम बनाउनुपर्ने बताए।

    उनले संविधानलाई केवल कागजमा लेखिएका शब्दको संग्रहका रूपमा बुझ्न नहुने बताए। संविधान नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गर्दै सरकार नागरिकको सेवक र न्याय राज्यको मूल ध्येय बन्नुपर्नेमा उनले जोड दिए।

    राष्ट्रपति पौडेलले संविधान दिवसका अवसरमा संविधानका प्रावधानलाई भाषण र औपचारिकतामा सीमित नराखी नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी कार्यान्वयन गर्ने संकल्प गर्न सबै पक्षलाई आह्वान गरेका छन्।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend