Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

अब काठमाडौं धाउन नपर्ने : त्रिविको दीक्षान्त सातै प्रदेशमा


४, असोज २०८३
  • 93
    SHARES
  • अब काठमाडौं धाउन नपर्ने : त्रिविको दीक्षान्त सातै प्रदेशमा

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले पहिलोपटक सातै प्रदेशमा छुट्टाछुट्टै दीक्षान्त समारोह आयोजना गरी विद्यार्थीलाई दीक्षित गर्ने भएको छ। त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीबाट अनलाइन आवेदन माग गरेको छ। विद्यार्थीले आफूलाई पायक पर्ने प्रदेशको दीक्षान्त केन्द्र छनोट गर्न सक्नेछन्।

    बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा दीक्षान्त केन्द्र तोकिएको छ। तर एमफिल, पीएचडी तथा गोल्ड मेडलिस्ट विद्यार्थीका लागि बागमती प्रदेशमै केन्द्र तोकिएको छ।

    यसअघि त्रिविको दीक्षान्त समारोह काठमाडौंमा मात्रै हुँदै आएकाले देशभरका विद्यार्थीलाई राजधानी आउनुपर्ने बाध्यता थियो। त्रिविबाट प्रत्येक वर्ष करिब ८० हजार विद्यार्थीले विभिन्न तह पूरा गर्ने गरे पनि करिब २० हजार मात्रै दीक्षान्त समारोहमा सहभागी हुँदै आएका छन्।

    नयाँ व्यवस्थाले विद्यार्थीलाई आफ्नो प्रदेशमै दीक्षित हुने अवसर दिएसँगै समय, खर्च र काठमाडौं आउजाउको झन्झट घट्ने अपेक्षा गरिएको छ। तर यस वर्षको दीक्षान्तमा भने प्रशासनिक जटिलता देखिएको छ। त्रिवि सभाले पूर्णता नपाउँदा दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट अझै पारित हुन सकेको छैन। 

    पुस मसान्तभित्र दीक्षान्त सम्पन्न गर्नुपर्ने व्यवस्था रहे पनि सभाका सदस्य मनोनयन नहुँदा प्रक्रिया प्रभावित भएको हो।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend