Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले कार्यदलको ‘मध्यमार्गी’ बाटो : तीन छुट्टाछुट्टै प्रतिवेदन एकीकृत गरेर साझा दस्तावेज बनाइने


४, असोज २०८३
  • 32
    SHARES
  • एमाले कार्यदलको ‘मध्यमार्गी’ बाटो : तीन छुट्टाछुट्टै प्रतिवेदन एकीकृत गरेर साझा दस्तावेज बनाइने

    काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले नेतृत्व पुनर्गठनको विषयमा देखिएको मतभेदलाई तत्काल निष्कर्षमा नपुर्‍याई तीन छुट्टाछुट्टै प्रतिवेदनलाई एकीकृत गरी साझा दस्तावेज तयार गर्ने निर्णय गरेको छ।

    कार्यदलभित्र नेताहरू रामबहादुर थापा, शङ्कर पोखरेल र प्रदीप ज्ञवालीले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा अलग–अलग प्रतिवेदनको मस्यौदा तयार गरेका थिए। निर्वाचन परिणामलाई आधार बनाएर वर्तमान शीर्ष नेतृत्वले नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने वा नपर्ने विषय कार्यदलमा छलफलको मुख्य विषय बनेको थियो।

    आइतबार बसेको कार्यदल बैठकले तीनै मस्यौदालाई आधार बनाएर आवश्यक परिमार्जनसहित एउटै साझा प्रतिवेदन तयार गरी पार्टी सचिवालयमा पठाउने निर्णय गरेको हो। कार्यदलले नेतृत्व पुनर्गठनका विवादित विषयमा प्रत्यक्ष निर्णय नगरी त्यसको टुंगो लगाउने जिम्मेवारी पार्टी सचिवालयलाई दिने भएको छ।

    कार्यदलको निर्णयसँगै एमालेभित्र नेतृत्व पुनर्गठनबारे देखिएको मतभेदलाई तत्काल विवादका रूपमा अघि नबढाई साझा दस्तावेजमार्फत पार्टीको आगामी छलफलका लागि आधार तयार गर्ने प्रयास भएको छ।

    यसैबीच, कार्यदलको सहमतिपछि एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो ३ बजेपछि बस्दैछ। सचिवालय बैठकले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तथा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी विषयलाई छलफलको प्रक्रियामा लैजाने तयारी गर्नेछ।

    यता, एमाले सचिव महेश बस्नेतले कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग नगर्ने विषयमा सहमति भएको दाबी गरेका छन्। यद्यपि, नेतृत्व पुनर्गठनको विषयमा अन्तिम निर्णय भने पार्टी सचिवालय र त्यसपछि केन्द्रीय कमिटीको छलफलबाट तय हुने देखिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend