Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान


२२, साउन २०८०
  • 187
    SHARES
  • पढेलेखेका र सहरिया नै कम गराउँछन् स्तनपान

    चितवन । आमाको सुन्दरता विग्रने गलत धारणाका कारण सहरीया, पढेलेखेका र धनी महिलाले स्तनपान कम गराउने गरेका छन् । एक तथ्याङ्कले ग्रामीण क्षेत्र र अशिक्षित महिलाले भने धेरै स्तनपान गराउने देखाएको छ । स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाको तथ्याङ्कअनुसार बच्चा जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गराउनेमा अशिक्षित महिला बढी छन् । 

    माध्यमिक शिक्षा अध्ययन गरेका ५३ प्रतिशत, अशिक्षितले ५९ प्रतिशत र आधारभूत शिक्षा लिएका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । आर्थिक हिसाबले उच्च आय भएकाले ४४ प्रतिशत र न्यून आय भएकाले ६४ प्रतिशतले स्तनपान गराउने गरेका छन् भने मध्यम वर्गका ६१ प्रतिशतले स्तनपान गराउने गरेका छन् । यसैगरी प्रदेशअनुसार सुदूरपश्चिममा छ महिनासम्म पूर्ण स्तनपान गराउने ७४ प्रतिशत छन् भने लुम्बिनीमा ३६ र बागमतीमा ४३ प्रतिशत मात्रै छन् । सो अनुसार  सहरी क्षेत्रका पूर्ण स्तनपान गराउने आमाहरुको सङ्ख्या कम छ ।
     
    महाशाखाको तथ्याङ्कमा नेपालमा २२ प्रतिशतले दूधदानीबाट दूध खुवाउने गरेकामा बागमती प्रदेशमा ४३ प्रतिशतले दूधदानी प्रयोग गर्छन् भने कर्णालीमा ११ प्रतिशतले मात्रै । यसरी दूधधानीबाट दूध खुवाउनेमा उच्च शिक्षित ४९ प्रतिशत छन् भने अशिक्षित १२ प्रतिशत मात्रै छन् । यसमा न्यूनआय भएका ११ प्रतिशत र उच्च आर्थिक अवस्था भएका ४६ प्रतिशत छन् ।

    भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा ओम पाठक सहरीया, धनी र उच्च आर्थिक अवस्था भएकाहरुमा  स्तनपान गराउनेको सङ्ख्या कम भएको बताउनुहुन्छ । बाल स्वास्थ्यका लागि आमाको दूध अमृतसरह हुने भन्दै उहाँ अन्य विकल्पको खोजी गर्नुभन्दा आमाको दूध नै खुवाउनुपर्नेमा जोड दिनुहुन्छ  ।

    सहरमा आमाले सामाजिक सञ्जालको पहुँचका कारण स्तनपानबाट हुने फाइदाभन्दा नकारात्मक विषयलाई भ्रमको रुपमा लिएर कतिपय आमाले स्तनपान नगराउने गरेको डा पाठकको भनाइ छ । पूर्णरूपमा आमाको दूध खाने बच्चाको दिमाख तीक्ष्ण हुने र आमा तथा बच्चाको ममता स्तनपानबाटै बढ्नेमा उहाँ  जोड दिनुहुन्छ ।
     
    बच्चाले स्तनपान गरेमा मात्रै आमामा दूध आउने गर्दछ । स्तनपान नियमित गराएर आमाको दूध बढाउनुपर्ने हुन्छ । आमामा नकारात्मक चिन्तनको विकास भएमा दूधमा कमी आउने डा पाठक बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “आमा तनावमुक्त हुनुपर्छ ।” सहरका आमाले शिशुलाई छोडेर काममा जानुपर्ने भएकाले पनि स्तनपानमा कमी आउँछ यद्यपि आमाले  निचोरेर पनि  दूध खुवाउन सकिने उहाँको सुझाव छ । कोठाको तापक्रममासमेत आमाको दूध छ घण्टा राख्न सकिने भन्दै उहाँ फ्रिजमा तापक्रम मिलाएर २४ घण्टासम्म राख्न सकिने सुझाव दिनुहुन्छ ।
     
    बजारमा आमाको दूधको सट्टामा विभिन्न खालका खाना आउने भए पनि आमाको दूधमा पाइने पोषण अहिलेसम्म कहीँ नबनेको डा पाठकको भनाइ छ । आमाको पूर्णस्तनपान गरेका बालबालिकामा रोगसँग लड्ने क्षमता बढी हुन्छ ।

    चितवन मेडिकल कलेजका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा वसन्त शर्मा बच्चालाई नियमित स्तनपान गराउँदा आमाको स्तन बिग्रिने वा खराबी नआउने बताउनुहुन्छ । स्तनपान गराउँदैमा स्तन बिग्रिन्छ भन्ने कतै नलेखिएको उल्लेख गर्दै उहाँ जोड दिनुहुन्छ, “स्तनपान नगराउने आमाहरुलाई, क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम हुन्छ ।”
     
    स्तनपानले आमा र बच्चाबीच सामिप्यता बढ्ने उल्लेख गर्दै  डा शर्मा भन्नुहुन्छ, “एक दिनभरिमा स्तनपान गराउँदा आमाको पाँच सय क्यालोरी खर्च हुन्छ । सुत्केरी अवस्थामा मोटाउने समस्या यसले नियन्त्रण गर्छ ।” नियमित स्तनपान गराउँदा नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगको जोखिम कम भएर जाने उहाँ बताउनुहुन्छ । अनुसन्धानले स्तनपान नगराउनेको तुलनामा नियमित गराउनेमा नसर्ने रोगको जोखिम कम देखिएको उहाँको भनाइ छ ।
     
    स्तनपानले आमालाई क्यान्सर रोगको जोखिम घटाउन सहयोग पुर्‍याउँछ । डा शर्मा थप्नुहुन्छ “मुख्यगरी स्तन क्यान्सर र डिम्बासयको क्यान्सरको जोखिम कम हुन्छ ।” स्तनपानले परिवारिक खर्चपनि कम हुन्छ भन्दै उहाँ आमाको दूध नखुवाई बाहिरबाट दूध, ल्याक्टोजिनजस्ता वस्तु खरिदले झन आर्थिक भार बढ्ने उल्लेख गर्नुहुन्छ ।
     
    सम्बद्ध चिकित्सकका अनुसार सामान्यतया दिउँसो दुई दुई घण्टामा स्तनपान गराउनु राम्रो र  रातिको समयमा पनि दुई पटक स्तनपान गराउँदा राम्रो उल्लेख गर्दै उहाँहरूले पहिलो छ महिनासम्म अनिवार्यरुपमा त्यसपछिको दुई वर्षसम्म स्तनपान गराउँदा राम्रो हुने सुझाव दिनुभएको छ ।

  • स्वास्थ्यकर्मीमाथि हिंसा गर्नेलाई ५ वर्षसम्म कैद र ५ लाख जरिबाना प्रस्ताव

    काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमण, हातपात तथा हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend