Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद


४, असोज २०८३
  • 84
    SHARES
  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले छापा मार्दा ठूलो परिमाणमा शंकास्पद सामग्री बरामद भएको छ। संयुक्त टोलीले गोदाममा छापा मारेर चार ट्रक सामग्री नियन्त्रणमा लिएको जनकपुर भन्सार कार्यालयले जनाएको छ। 

    प्रारम्भिक अनुसन्धानअनुसार ती सामग्री भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको आशंका गरिएको छ।

    गोदाममा दुई सयभन्दा बढी बोरा सामग्री रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बरामद सामग्रीमा बैशाखा फर्सीको बीउ, विभिन्न किराना सामग्री तथा पटाकालगायत वस्तु रहेका छन्।

    भन्सार कार्यालयका अनुसार बरामद सामग्री शंकर साह नामका व्यापारीसँग सम्बन्धित रहेको प्रारम्भिक रूपमा खुलेको छ। यद्यपि सामग्रीको वास्तविक स्रोत, आयात प्रक्रिया तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको छ।

    जनकपुर भन्सार कार्यालय धनुषाका प्रमुख भन्सार अधिकृत मानबहादुर पौडेलले बरामद सामग्रीको विस्तृत विवरण संकलन भइरहेको जानकारी दिए।

    भन्सार, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त कारबाहीपछि बरामद सामग्रीको परिमाण र प्रकृतिबारे थप विवरण अनुसन्धान तथा परीक्षणपछि खुल्ने जनाइएको छ।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • संविधानको ११ वर्ष : संरचना बन्यो, अधिकार कार्यान्वयन र संघीयताको पूर्णतामा अझै चुनौती

    काठमाडौं । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको छ। २०७२ असोज ३ गते

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend