Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले सचिवालयले पारित गर्‍यो निर्वाचन समीक्षा प्रतिवेदन, अध्यक्षको राजीनामा र विशेष महाधिवेशनको विषय छैन


५, असोज २०८३
  • 75
    SHARES
  • एमाले सचिवालयले पारित गर्‍यो निर्वाचन समीक्षा प्रतिवेदन, अध्यक्षको राजीनामा र विशेष महाधिवेशनको विषय छैन

    ठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरण कार्यदलले तयार पारेको प्रतिवेदन सुझावसहित पारित गरेको छ।

    पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यबाट प्राप्त सुझावसमेत समेटेर प्रतिवेदन पारित गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

    बैठकपछि भट्टले प्रतिवेदनमा पार्टी अध्यक्षको राजीनामा वा विशेष महाधिवेशन गर्ने विषय समावेश नरहेको स्पष्ट पारे। उनका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणका विषयमा यसअघि तयार भएका तीनवटा छुट्टाछुट्टै प्रतिवेदनलाई समेटेर एकीकृत दस्तावेज तयार गरिएको हो।

    निर्वाचन परिणामको समीक्षा, पार्टी संगठनको अवस्था र आगामी कार्यदिशाबारे कार्यदलले तयार पारेको प्रतिवेदन अब केन्द्रीय कमिटी बैठकमा छलफलका लागि प्रस्तुत गरिनेछ।

    सचिवालय बैठक सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक बस्दैछ। केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि छलफलसँगै निर्वाचनपछिको पार्टीको संगठनात्मक अवस्था र आगामी रणनीतिबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend