Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, भोटेकोशी उद्धारबारे जानकारी


५, असोज २०८३
  • 70
    SHARES
  • प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता, भोटेकोशी उद्धारबारे जानकारी

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयसमेत सम्हालिरहेकाले भेटलाई नियमित प्रशासनिक संवादका रूपमा लिइएको नेपाली सेनाले जनाएको छ।

    भेटका क्रममा प्रधानसेनापति सिग्देलले भोटेकोशी बाढीपछि नेपाली सेनाले सञ्चालन गरिरहेको खोज तथा उद्धार अभियानको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए। बाढी प्रभावित क्षेत्रमा जारी खोज, उद्धार तथा शव व्यवस्थापनलगायतका गतिविधिबारे समेत उनले प्रधानमन्त्रीलाई अवगत गराएको जनाइएको छ।

    त्यसैगरी, प्रधानसेनापति सिग्देलले गत भदौ ३१ देखि असोज ३ गतेसम्म गरेको चीन भ्रमणका क्रममा भएका भेटवार्ता तथा छलफलका विषयमा पनि प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए।

    संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने तयारीमा छन्। त्यसअघि भएको प्रधानमन्त्री र प्रधानसेनापतिबीचको भेटमा विपद्पछिको खोज तथा उद्धार अभियान, सुरक्षा निकायको भूमिका तथा प्रधानसेनापतिको चीन भ्रमणलगायत विषयमा समसामयिक छलफल भएको सेनाले जनाएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend