Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन, एसएसपी बस्नेतको नेतृत्वमा पाँचदिने समयसीमा


५, असोज २०८३
  • 67
    SHARES
  • त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन, एसएसपी बस्नेतको नेतृत्वमा पाँचदिने समयसीमा

    काठमाडौं । त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा भएको आगलागी घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। घटनाको कारण र त्यसअघि सिर्जित परिस्थितिबारे तथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको हो।

    रानीपोखरीका एआईजी सुशील सिंह राठौरका अनुसार एसएसपी रमेश बस्नेतको नेतृत्वमा गठन गरिएको समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ। समितिले बसमा आगलागी हुनुअघि र पछि भएका घटनाक्रम, सम्बन्धित पक्षको भूमिका तथा घटनाको वास्तविक कारणबारे अध्ययन गर्नेछ।

    त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागीमा बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।

    आगो लागेपछि प्रहरी टोलीले लामालाई बसबाट उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याएको थियो। चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।

    यसअघि यातायात कम्पनीले चालक र ट्राफिक प्रहरीबीच भएको भनाभनपछि चालकले बसमा आगो लगाएको दाबी गरेको थियो। तर, ट्राफिक प्रहरीले भने उक्त दाबी अस्वीकार गर्दै चालकले बसभित्रै आगो लगाएकोबारे आफूहरूलाई जानकारी नभएको जनाएको थियो।

    घटनाबारे दुई पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएपछि प्रहरीले औपचारिक छानबिन समिति गठन गरेको हो। पाँच दिनभित्र समितिले बुझाउने प्रतिवेदनपछि घटनाको वास्तविक कारण र त्यससँग सम्बन्धित परिस्थितिबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend