Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमै अन्योल, लाइसेन्स दुरुपयोगबारे पनि अनुसन्धान


६, असोज २०८३
  • 72
    SHARES
  • त्रिपुरेश्वर बस आगलागी : मृतकको पहिचानमै अन्योल, लाइसेन्स दुरुपयोगबारे पनि अनुसन्धान

    काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा मृत्यु भएका व्यक्तिको पहिचानलाई लिएर अन्योल देखिएको छ। मृतकको साथबाट भेटिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का आधारमा प्रहरीले प्रारम्भमा उनी काभ्रेका २५ वर्षीय दावा लामा भएको जनाएको थियो। तर, दावा लामा नामका व्यक्ति नै सकुशल रहेको खुलेपछि मृतकको वास्तविक पहिचान यकिन हुन सकेको छैन।

    प्रहरीले अब मृतकको पहिचानसँगै घटनास्थलमा भेटिएको लाइसेन्सको विवरण र त्यसको सम्भावित दुरुपयोगबारे समेत अनुसन्धान अघि बढाएको छ। आफूलाई दावा लामा बताउने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बोलाएर सोधपुछ गरिरहेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन्।

    सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको थियो। आगलागीमा एक जनाको मृत्यु भएको थियो भने घटनापछि मृतकको पहिचान र आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

    प्रारम्भिक विवरणअनुसार आगलागी हुनुअघि बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको थियो। विवाद भएको केही समयपछि बसको पछिल्लो भागबाट आगो सल्किएको देखिएको बताइएको छ।

    घटनामा मृतकको पहिचानका लागि प्रहरीले लाइसेन्सबाहेक अन्य प्रमाण र विवरणसमेत जाँच गरिरहेको छ। साथै, बसमा आगलागी कसरी सुरु भयो, चालक र ट्राफिक प्रहरीबीच भएको विवादको प्रकृति के थियो तथा आगलागीमा कुनै आपराधिक संलग्नता वा अन्य कारण जोडिएको छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend