Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, बिहीबार मात्रै समापन हुने


६, असोज २०८३
  • 65
    SHARES
  • एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, बिहीबार मात्रै समापन हुने

    काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । बैठकको कार्यसूचीप्रति केही नेताहरूले आपत्ति जनाएपछि निर्धारित समयभन्दा बैठक लम्ब्याउने तयारी गरिएको हो ।

    केन्द्रीय कार्यालय स्रोतका अनुसार बैठकको कार्यसूचीलाई अन्तिम रूप दिन बुधबार बिहान सचिवालय बैठक बस्ने भएको छ । सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि बुधबार दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक पुनः सञ्चालन गरिनेछ ।

    केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि सदस्यहरूलाई धारणा राख्न पर्याप्त समय दिने तयारी गरिएको स्रोतले जनाएको छ । नेताहरूको सुझाव तथा धारणा समेट्दै बैठकलाई बिहीबार बेलुकासम्म समापन गर्ने तयारी एमालेले गरेको छ ।

    कार्यसूचीमै नेताहरूबीच असहमति देखिएपछि बैठकको समयतालिका परिवर्तन भएको हो । सचिवालय बैठकपछि केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा र छलफलको कार्यतालिका थप स्पष्ट हुने बताइएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend