Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कर्णाली करिडोरमा पहिरोले सडक ठप्प, ठूला ढुङ्गा फुटाउन ब्लास्टिङको तयारी


६, असोज २०८३
  • 79
    SHARES
  • कर्णाली करिडोरमा पहिरोले सडक ठप्प, ठूला ढुङ्गा फुटाउन ब्लास्टिङको तयारी

    हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२ रिप नजिकैको छारेभिरमा पहिरोसँगै खसेका ठूला ढुङ्गा हटाउन समस्या भएपछि सडक सञ्चालनमा ढिलाइ हुने भएको छ । दुई स्थानबाट पहिरो खसेपछि करिब एक सय मिटर सडकखण्ड ठूला ढुङ्गाले पुरिएको छ ।

    पहिरो खस्ने क्रम अझै नरोकिएको र सडकमा थुप्रिएका ढुङ्गा सामान्य स्काभेटरबाट हटाउन सम्भव नभएपछि ड्रिल मेसिन प्रयोग गरी ब्लास्टिङमार्फत ढुङ्गा फुटाउने तयारी गरिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख बेलबहादुर नेपालीले जानकारी दिए ।

    उनका अनुसार ब्लास्टिङका लागि आवश्यक प्राविधिक तथा अन्य तयारी भइरहेको छ । मौसम र प्राविधिक अवस्था अनुकूल भए सडक छिट्टै खुलाउने प्रयास भइरहेको भए पनि अवस्था प्रतिकूल बनेमा सडक सञ्चालनमा ल्याउन थप एक साता लाग्न सक्ने देखिएको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापनको कामसमेत भइरहेको आयोजनाले जनाएको छ ।

    डोरी र भर्‍याङको सहारामा जोखिमपूर्ण यात्रा

    सडक अवरुद्ध भएपछि यात्रुहरू वैकल्पिक बाटोको नाममा जोखिमपूर्ण भिरको बाटो प्रयोग गर्न बाध्य भएका छन् । स्थानीयले सडकको भिरतर्फ डोरी बाँधेर भर्‍याङ निर्माण गरी आवतजावत गराइरहेका छन् ।

    स्थानीय कमल बुढाका अनुसार सडकमार्गबाट नियमित आवतजावत सम्भव नभएपछि यात्रुहरूले ज्यान जोखिममा राखेर भिर छिचोल्दै यात्रा गर्नुपरेको छ ।

    ज्ञानोदय माध्यमिक विद्यालयका शिक्षक रिमिलाल बुढाले पनि निकै कठिन यात्रा गरेर सदरमुकाम सिमकोट पुगेको बताए । विभिन्न सरोकारवाला निकायसँग सम्पर्क गर्दा तत्काल समाधान ननिस्किएपछि अन्तिम विकल्पका रूपमा भर्‍याङ र डोरीको सहारा लिएर भिर पार गर्नुपरेको उनको भनाइ छ ।

    यात्रु तथा मानसरोवर जाने तीर्थयात्री प्रभावित

    सडक अवरुद्ध भएपछि कर्णाली करिडोर हुँदै हुम्ला आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । सुर्खेत–नेपालगञ्जबाट सिमकोट तथा सिमकोटबाट नेपालगञ्ज हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने यात्रुहरू समेत बाटोमै अलपत्र परेका छन् ।

    शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएपछि करिडोरमा यातायात सेवा प्रभावित भएको हो । सडक खुल्न नसक्दा दैनिक आवतजावतसँगै स्थानीयको आवागमन र तीर्थयात्रीको यात्रा थप कठिन बनेको छ ।

    आयोजना प्रमुख नेपालीले सडक खुलाउन प्राविधिक टोली तथा आवश्यक उपकरण परिचालन गरिएको जानकारी दिँदै पहिरोस्थल अत्यन्त जोखिमपूर्ण रहेकाले यात्रुहरूलाई भिरबाट वैकल्पिक रूपमा आवतजावत नगर्न आग्रह गरेका छन् ।

    पहिरो खस्ने क्रम जारी रहेकाले थप जोखिम हुनसक्ने भन्दै आयोजना कार्यालयले सुरक्षित रूपमा सडक सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक प्रक्रिया अघि बढाएको जनाएको छ ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend