Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मनसुनी न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै, शुक्रबारदेखि अतिभारी वर्षाको सम्भावना


६, असोज २०८३
  • 67
    SHARES
  • मनसुनी न्यूनचापीय प्रणाली शक्तिशाली बन्दै, शुक्रबारदेखि अतिभारी वर्षाको सम्भावना

    काठमाडौँ । नेपालमा पुनः मनसुनी गतिविधि सक्रिय हुने संकेत देखिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अतिभारी वर्षा हुनसक्ने चेतावनी दिएको छ। विशेषगरी बागमती प्रदेशभन्दा पश्चिमका भूभागमा वर्षाको प्रभाव बढी पर्ने अनुमान गरिएको छ।

    महाशाखाका अनुसार हाल बङ्गालको खाडीको मध्य भाग आसपास रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको छ। उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा असोज ९, १० र ११ गते बढी देखिने मौसमविद् मीनकुमार अर्यालले बताएका छन्।

    उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावना छ। त्यसैले नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

    लुम्बिनी प्रदेशको दाङदेखि पूर्वी भूभाग हुँदै नवलपुरसम्म, कर्णाली प्रदेशको पूर्वी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका दक्षिणी पहाडी र तराई भूभागमा समेत वर्षाको उल्लेख्य प्रभाव पर्नसक्ने महाशाखाको अनुमान छ।

    यस्तै, बागमती प्रदेशको चितवन आसपास तथा यसअघि बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा मध्यम वर्षाले समेत थप समस्या निम्त्याउन सक्ने मौसमविद् अर्यालले बताएका छन्। भौगोलिक अवस्था कमजोर रहेका तथा सडक र बस्तीमा क्षति पुगेका क्षेत्रमा सामान्य वर्षापछि पनि पहिरो तथा स्थानीय बाढीको जोखिम रहन सक्ने भएकाले विशेष सावधानी आवश्यक देखिएको छ।

    यसैबीच, नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि पछिल्ला वर्षहरूको प्रवृत्तिका आधारमा यस वर्ष मनसुन बाहिरिने समय केही दिन पछाडि धकेलिन सक्ने महाशाखाले जनाएको छ।

    महाशाखाले आगामी दिनमा मौसमको अवस्था थप परिवर्तन हुनसक्ने भएकाले यात्रा गर्दा मौसम पूर्वानुमान हेर्न, जोखिमयुक्त सडक तथा नदी किनारबाट टाढा रहन र बाढीपहिरोको सम्भावना भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

  • सिमलतालमा ७० मिटर सडक भासियो, मुग्लिन–नारायणगढ सडक एकतर्फी

    चितवन । मुग्लिननारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा करिब ७० मिटर सडक भासिएपछि यातायात एकतर्फी सञ्चालनमा आएको छ। सडक

  • नारायणी पुलको पिलरमा अड्किएको राइनो क्रुज दुई ठूला क्रेनबाट निकालियो

    चितवन । नारायणी नदीमा आएको बाढीले पुलको गैँडाकोटतर्फको पिलरमा अड्किएको राइनो क्रुज दुई वटा ठूला

  • बाढीपहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्ड अवरुद्ध

    काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोले देशभरको सडक यातायात प्रभावित भएको छ। पहिरो, लेदो तथा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend