Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित


७, असोज २०८३
  • 67
    SHARES
  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले नियमित व्यावसायिक उडान सुरु गर्दैछ। फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान थालेसँगै पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ। पोखराबाट यात्रु लिएर विमान ७ः१५ बजे दुबईतर्फ प्रस्थान गर्नेछ।

    नियमित अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक अध्यागमन, भन्सार, कार्गोलगायतका सम्पूर्ण तयारी पूरा भइसकेको विमानस्थल प्रशासनले जनाएको छ। यससँगै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रु आवागमन सहज हुने अपेक्षा गरिएको छ।

    फ्लाई दुबईको नियमित उडान सुरु हुने भएपछि पोखराका पर्यटन व्यवसायीमा पनि उत्साह बढेको छ। अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारले विदेशी पर्यटकको आगमन बढाउन तथा पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन सहयोग पुग्ने व्यवसायीहरूको अपेक्षा छ।

    पोखरा विमानस्थलमा आउने यात्रु तथा पर्यटकलाई पर्यटन व्यवसायीले खादा तथा मालासहित स्वागत गर्ने तयारी गरेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखराका लागि फ्लाई दुबईको नियमित उडानलाई पर्यटन क्षेत्रले महत्वपूर्ण घटनाका रूपमा लिएको छ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • असोजको पहिलो हप्ता पर्यटकको सङ्ख्या झन्डै आधाले घट्यो

    काठमाण्डौ नेपाल पर्यटन बोर्डले जेन-जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend