Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदमा राष्ट्रपतिको सवारी हुँदा सर्वसाधारणको आवतजावत नरोकिने


इ खबर
५, जेठ २०८०
  • 125
    SHARES
  • संसदमा राष्ट्रपतिको सवारी हुँदा सर्वसाधारणको आवतजावत नरोकिने

    काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदैछन्। सम्बोधनका लागि जाँदा र फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।

    राष्ट्रपति पौडेलले शुक्रबार अपरान्ह ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। संघीय संसद् भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम प्रस्तुतका लागि शीतलनिवासबाट नयाँ बानेश्वर जाँदा ‍रफर्किँदा सर्वसाधारणको सडक आवतजावतमा रोक नलगाइने भएको ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताएका छन्।

    राष्ट्रपति जाँदा र फर्किँदा सडक आवातजावतमा रोक लगाउने कुनै व्यवस्था छैन।’ उनी भन्छन्, ‘राष्ट्रपति ज्यू यसअघि जस्तै सामान्य रूपमा कुनैपनि सर्वसाधारणलाई सडक आवातजावतमा रोक नलगाइ जाने र फर्किँनुहुनेछ।’

    नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज संसदमा सम्बोधन गर्न जान लागेका राष्ट्रपति पौडेलले त्यहाँ आफ्नो लागि  कुनै तामझाम नगर्न निर्देशन दिएका छन्। सचिवालयका अनुसार नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्। यसअघिका राष्ट्रपतिहरूले सडक अवरुद्ध गरेर आवतजावात गर्ने गरेकै कारण सर्वसाधारणले सास्ती भोग्दै आएको भन्दै पौडेलले आफूले यसो नगर्ने बताउँदै आएका छन्।

  • १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, १० दिनभित्र उजुरी आह्वान

    काठमाडौँ । सरकारद्वारा विभिन्न १३ मुलुकका लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया औपचारिक

  • पक्राउ परेकालाई जथाभावी हतकडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई केवल पक्राउ पुर्जी जारी भएको वा कुनै अभियोग

  • महेन्द्रनगरमा भन्सारको ‘सर्जिकल स्ट्राइक’ : गोदामबाट चार ट्रक शंकास्पद सामग्री बरामद

    जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामहेन्द्रनगरस्थित एक गोदाममा जनकपुर भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend