Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

‘गगन नै सभापति बन्छन्, अन्योलमा नपर्नुस्’ : बालकृष्ण खाँण 


७, असोज २०८३
  • 144
    SHARES
  • ‘गगन नै सभापति बन्छन्, अन्योलमा नपर्नुस्’ : बालकृष्ण खाँण 

    बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आगामी १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापति बन्ने दाबी गरेका छन्।

    कांग्रेस बुटवल उपमहानगरपालिका समितिको अधिवेशन उद्घाटन गर्दै नेता खाँणले पार्टीभित्र नेतृत्व चयनलाई लिएर विगतमा जस्तो तीव्र विवाद र वैचारिक मतभेद नरहेको बताए। उनले यसपटकको महाधिवेशनलाई एकता, पुस्तान्तरण र पार्टी रूपान्तरणको महाधिवेशन बनाउनुपर्ने धारणा राखे।

    खाँणले कांग्रेसका नेता तथा कार्यकर्तालाई सभापतिको विषयमा कुनै अन्योलमा नपर्न आग्रह गर्दै गगन थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउने वातावरण निर्माण भइरहेको बताए।
    उनका अनुसार देशभर सम्पन्न वडा तहका अधिवेशनमा करिब ९० प्रतिशतसम्म सहमति कायम भएको छ। 

    विगतका महाधिवेशनमा नेतृत्व, पार्टीको सिद्धान्त र राजनीतिक दिशालाई लिएर गम्भीर मतभेद देखिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ थियो।

    नेता खाँणले कांग्रेसको नेतृत्व अब नयाँ पुस्ताको काँधमा पुग्दै गएको उल्लेख गर्दै गगन थापाको नेतृत्वमा युवा पुस्ता, संगठनात्मक ऊर्जा र रूपान्तरणको एजेन्डालाई अघि बढाउनुपर्ने बताए।
    उनले पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाउन स्थानीय तहदेखि नै सहमति, सहकार्य र आपसी विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

    समसामयिक राजनीतिक अवस्थाको चर्चा गर्दै खाँणले संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणका लागि कांग्रेस अझ बलियो र एकताबद्ध हुनुपर्ने बताए। उनले संविधान कमजोर पार्ने कुनै पनि प्रयासको प्रतिरोध गर्दै लोकतान्त्रिक व्यवस्थाको संरक्षण गर्ने जिम्मेवारी कांग्रेसका नेता-कार्यकर्ताको भएको धारणा राखे।

    नेता खाँणले कांग्रेसको संगठन सुदृढीकरण, पुस्तान्तरण र आन्तरिक एकताका लागि सबै पक्षलाई महाधिवेशनमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे।

    गगन थापाको नेतृत्वमा कांग्रेसलाई नयाँ ऊर्जा, स्पष्ट राजनीतिक दिशा र सुदृढ संगठनसहित अघि बढाउने वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड थियो।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend